Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
ललितपुर । ललितपुरको अल्का अस्पतालले कोभिडका बिरामीहरुको उपचारमा अक्सिजनको समस्या देखिन शुरु भएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै अल्का अस्पतालले अक्सिजन आपूर्तिमा कठिनाइ उत्पन्न भएको जनाएको हो । अहिले आएर संक्रमितहरुको उपचारमा समस्या देखिन शुरु भएको छ अल्का अस्पतालका सिइओ दीपेन्द्र पोखरेलका अनुसार अस्पतालमा बिरामीहरुको चाप बढ्दै गइरहेको छ अक्सिजन आपूर्तिमा समस्या थपिँदै गइरहेको छ, बिरामीहरुको उपचार कसरी गर्ने ? उनका अनुसार अल्का अस्पताललाई अहिले दैनिक १ सय ५० वटा सिलिन्डर आवश्यक पर्छ । ४४ वटा भने अल्का अस्पतालले आन्तरिक उत्पादनबाट व्यवस्था मिलाउँदै आइरहेको छ । अक्सिजन सहज रुपमा उपलब्ध गराउने वातावरण बनाइदिन अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बागमती प्रदेश सरकार, स्थानीय प्रशासन, स्थानीय तह, नागरिक समाज सञ्चारकर्मी लगायत सबैसँग आग्रह गरेको छ । यो आग्रह सुन्ने स्वास्थ्य मन्त्रालय कति सक्रिय हुन्छ त्यसका गतिबिधिले छर्लङ्ग बनाउँछ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल