Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नेपाली सेनाको संख्या घटाउने एजेन्डा संसदमा उठाएपछि बहस सिर्जना भएको छ । ब्यक्तिगत रूपमा म स्वर्णिम वाग्ले र उहाँको पार्टीसँग वैचारिक रुपमा सहमत छैन । तथापि पश्चिमा एजेन्डामा उहाँले यो मुद्दा उठाएको भए पनि नेपालको सेना पश्चिमा एजेन्डा बाहिर कहाँ छ ?
१) दरबार हत्याकाण्ड २०५८ जेष्ठ १९ मा यो सेना कहाँ थियोे ? दरबार भित्रको सुरक्षा तत्कालिन प्रधानसेनापतिको होईन भनेर तत्कालिन प्रधानसेनापति प्रज्वलसमशेर जबराले अभिव्यक्ति दिएका थिए त्यसो भए दरबारेका सुरक्षा जिम्मा कसको थियो ?
२) २०६४ जेष्ठ १५ गते गणतन्त्र घोषणा हुँदा यो सेना कहाँ थियोे ? कसको इसारामा मौन रह्यो ?
३) एमसिसि जस्तो राष्ट्रघाती सम्झौतामा सेनाका तिनजना पूर्व प्रधानसेनापतीहरु गौरवसमशेर राणा, राजेन्द्र क्षेत्री र रुकमाङगद कटवालको बक्तब्य र स्वर्णिम वाग्लेको एमसिसी सम्बन्धि धारणामा कहाँ भिन्नता छ ?
४) एसपिपि जस्तो अमेरिकी सैन्य संगठन नाटोसँग जोडीने घातक सम्झौता सेनाले तत्कालिन केपी ओली सरकारलाई गुमराहमा राखेर कस्तो लागी गरेको थियोे ?
५ ) भारतले नेपालको सिमा मिच्दा सेनाको भुमिका कहाँ छ ?
६) २००८ सालमा भद्रकाली मिश्रले सेना घटाउने एजेन्डासँग अहिलेको वाग्लेको सेना घटाउने एजेन्डा कहाँ मिल्छ ? भारतको मानार्थ र राष्ट्रसंघको शान्ति सेना बाहेक आफ्नै परमाधिपति बिरेन्द्र र ज्ञानेन्द्रको सुरक्षा नगरेको यो सेनाको जन्ति, मलामी, सलामी, गुलामी बाहेक नेपाल राष्ट्रको रक्षाका लागि निभाएको भुमिका खोइ ?
७) कम्बोडियामा सिआइएको आडमा राजा नरोद्दम सिम्हानुकलाई अपधस्त गर्ने सेना र नेपालको २०५८ जेष्ठ १९ को बिरेन्द्रको कत्लेआम गर्ने सेनामा कहाँ भिन्नता छ ?
८) अफगानिस्तानमा राजा जाहिर शाह बिस्थापन गरेर गणतन्त्र ल्याएर देश बर्बाद गरेको सेना र २०६४ जेष्ठ १५ मा गणतन्त्र ल्याउन सहयोग गरेर यो देश बर्बाद गर्ने नेपालको सेनामा कहाँ भिन्नता छ ? के यी प्रश्नहरूको जवाफ स्वघोसित कथित राष्ट्रबादको स्याल हुइया चलाउनेहरुसँग छ ? एजेन्डा बिहिन सेना राजतन्त्रको बिस्थापनपछि जसरी कम्बोडिया र अफगानिस्तानमा विघटन भयो २०५८ जेष्ठ १९ र २०६४ जेष्ठ १५ को गल्ती सच्याउँदैन भने यस्तो सेना घटाउने होइन विघटननै हुन्छ ।
९) जनतामा जनपथ प्रहरी छ भने सिमानामा शसस्त्र प्रहरीबल यो अवस्थामा यो सेना केका लागि ? जवाफ छ ?
हामीले खोजेको पृथ्वीनारायण शाह र बहादुर शाहको नेपाल एकीकरण लिगेसिको सेना हो । जंगबहादुर राणा जस्तो बृटिस परस्त लिगेसिको सेना होइन । पृथ्वीनारायण शाह र बहादुर शाहको लिगेसी बोक्न नसक्ने इन्डो÷अमेरिकि सेना घटाउने होइन कम्बोडियामा राजा नरोद्दम सिम्हानुकलाई सिआइएको आडमा धोका दिने सेनालाईजस्तै विघटन गरिदिए हुन्छ शसस्त्र प्रहरीलाई नयाँ सेनाको रूपमा रुपान्तरण गर्दा हुन्छ । होईन भने यो सेनाले आफ्नो औचित्य पुष्टि गर्न सक्नुपर्छ । यसकारण स्वर्णिम वाग्लेको आलोचना गर्नेहरूसँग सेनाको औचित्य पुष्टि गर्ने हिम्मत छ ? इतिहासमा औचित्यहिन सेना विघटन हुन्छन् र भएका धेरै उदाहरण छन् ।
ब्यारेकमा नेपाली जनताको करमा मासु र भात खाएर बसेको सेनाको विषयमा प्रश्न उठाउनै नपाइने हो ? सेना देश र जनताप्रति जवाफदेहि हुनै नपर्ने हो ? एकथरी स्वघोसित राष्ट्रबादको खोल ओडेका स्यालहुइया मच्चाउनेहरु एजेन्डामा बहस गर्ने हैसियत नभएकाले एकोहोरो सेनाको औचित्य माथि प्रश्न उठाउनै हुदैन भन्ने टिप्पणी गरिरहेका छन् । सैनिक जर्नेल, कर्णेल, मेजर बनेर हिडेकाहरु र केहि सेनाकै जासुस बुद्धिजीवीहरुलाइ प्रश्नः
१) तिमीहरुले भन्ने गरेको २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्ड रअ र सिआइए अमेरिकी÷भारतीय षड्यन्त्रमा भयो । ४ हजार सेनाको सुरक्षा घेरामा रअ र सिआइए कताबाट उडेर आयो ? यहीँ सेनाले हत्या गरेको हो कि होईन ?
२) एकथरीले दरबार हत्या दीपेन्द्रले गरेको भन्ने र अर्कोले ज्ञानेन्द्रले भन्ने के राजा बिरेन्द्र ज्ञानेन्द्रको दाजु र दिपेन्द्रको बाबु मात्रै हुन् ? सेनाको परमाधिपती बिरेन्द्रको सुरक्षा सेनाको होइन ?
३) दरबार हत्याकाण्डको समयका राजपरिवारको सुरक्षामा रहेका सेनाका एडिसिहरु कहाँ छन् ?
४) २०६४ सालमा माओवादीले सिहदरबार अगाडि पृथ्वीनारायण शाहको शालिक तोड्दा यो सेना कहाँ थियो ?
५) यो सेना नभए नेपाल सिक्किमिकरण हुन्छ भन्नेहरु जवाफ देउ नेपालको सेनापतिनै भारतको मानार्थ सेनापती भएको विषयमा तिमीहरु बादरे राष्ट्रबादिहरुको धारणा के छ ?
६) नेपालका सेनापतीलाई दिल्लीको गुडगाउमा भारतीय सेनापतिलाई जस्तै घर र सुबिधा किन दिइन्छ ? जवाफ दिने हिम्मत छ ?
७) दरबारहत्याकाण्डको समयमा तत्कालिन भारतीय गुप्तचर संस्था रअका प्रमुख पिकेहर्मिज थाराकन तत्कालीन नेपाली सेनाका सहसेनानी दिलिप शमसेर जबराको बिशालनगरको घरमा बसेको कुरा पत्रकार सरोजराज अधिकारीले जासुसीको जालो पुस्तक मार्फत खुलासा गरेका छन् उनी दिल्लीमा बस्ने पूर्ब प्रधसेनापती धर्मपालबरसिंह थापाका ज्वाइँ हुन् । तिमीहरुले भन्ने बिरेन्द्रहत्या गर्ने रअ सेनानै होकि होईन ? जवाफ छ । यसकारण शसस्त्र प्रहरीबललाई सेनामा रुपान्तरण गरेर त्यसको संख्या बढाउँदै कम्बोडियाको सिम्हानुक बिरोधि सेनाजस्तै नेपाल एकीकरणको लिगेसीको पृथ्वीनारायण शाह, बहादुर शाह, मत्स्येन्द्रनाथ, गोरखनाथ बिरोधि राष्ट्रसङघको सान्तिसेना विघटन गर्नुनै नेपालको हितमा छ । यदि सेनाको संख्या बढाउने या राख्ने हो भने देश र जनताप्रति सेनाले आफ्नो औचित्य प्रमाणित गर्न सक्नु पर्दछ । कोशी, गण्डकी र कर्णालीमा पानी मात्रै होइन धेरै रगत बगिसकेको छ । अब जनतालाई भ्रम दिएर यो सेना एजेन्डा विहीन रुपमा धेरै समय टिक्न सक्दैन । संसारमा विचारविहीन र लिगेसी नभएको सेना विघटन भएका धेरै देशहरु छन् । यसकारण प्रश्न संख्याको होइन, मुल विषय सेनाको औचित्यको बारेमा हो । तीन करोड जनसंख्या भएको उत्तर कोरियामा १० लाख सेना छन् । जुन राष्ट्रले अमेरिकी साम्राज्यवादलाई चुनौती दिइरहेको छ । हामीलाई चाहिएको त्यस्तो सेना हो । हामीलाई जन्ति, मलामी, सलामी, गुलामी, ठेक्कापट्टा र व्यापारमा सीमित भएको सीता दाहाललाई राष्ट्रिय सलामी दिने औचित्यहिन सेना चाहिएको होइन । यस कारण संख्याको बहस होइन । मुलुकको राष्ट्रिय हितका लागि भारतको मानार्थ र राष्ट्रसघको शान्ति सेना नेपालीलाई आवश्यक छ कि छैन ? वैचारिक बहस गरौं ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल