Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शक्तिकै हुन्छ फौजमा रमिता : थैली बोकेर धाउँदैछन् दाबेदार

काठमाडौं । सत्ता र शक्ति छ भने प्रहरी र सशस्त्रमा जे पनि हुन्छ । नेपाली संस्कार स्वार्थको छ । फौजमा त्यो सर्छ नै । सशस्त्र प्रहरीले प्रतिष्ठानका लागि एआईजी चोहेको छ । त्यो बाध्यता पनि थियो । प्रतिष्ठान अन्तर्गत अस्पताल छ । त्यहाँ डिआईजी तहका डाक्टर हुन्छन् तर सरकारले संगठनको त्यो मर्म बुझ्दैन । किनकि काँग्रेसकी आरजु म्याडमको चित्त नबुझेसम्म सशस्त्रमा एआईजी दरबन्दी थप हुँदैन । आईजीपी राजु अर्यालले आवश्यकता र औचित्यका बारेमा पहिला सरकारलाई सुझाव दिएकै हुन् । डिआईजीमा वरिष्ठ भए पनि बदनामी मात्र कमाएका करण किशोर प्रधानलाई एआईजी बनाउन काँग्रेसले चाहेन । काँग्रेसले दरिलो थैलो खोजेकै हो । राजनीतिक पहुँच र शक्तिका कारण फौजमा बढुवा हुन्छ । नेपाल प्रहरीमा किरण राणालाई २ दिने एआईजी बनाउन पहल गर्ने ज्ञानेन्द्र कार्की हुन् । कार्की टेरामक्स प्रकरणको शुद्धताको दलदलमा आरजुबाट चोबलिएका पात्र हुन् । ३ अर्ब ३४ करोडको यो काण्ड आरजु बिना सम्भव थिएन । कार्की पछि कट्ने काजी उर्फ मोहन बस्नेत सञ्चार मन्त्रालयमा आए फसे । यहाँ पनि आरजुकै सक्रियता थियो । तिनै कार्कीले आरजुबाट किरण राणालाई २ दिने एआईजी बनाए । आरजुका भक्त तनहुँका काँग्रेस भएनन् किशोर प्रधान एक वर्ष डिआईजी पद थप भएर पनि एआईजी हुने संकेत छैन । हिजो माओवादी काँग्रेस सत्ता हुँदाका गृहमन्त्रीले साथ दिए । तर अर्थमन्त्रालय भ्रष्टाचारमै पिएचडी गरेका डा. प्रकाशशरण महतको कब्जामा थियो । फाइल उनैले रोकेका हुन् । तनहुँका काँग्रेसमध्ये सत्तामा पहुँच पुगेको नहुँदा किशोर प्रधान एआईजी हुने रहर त्यो बेला पूरा नभएको हो । उनी आफैं पनि सक्षम भएको भए पहुँच बढाउन सक्थे । संस्थागत सुधारमा सिन्को नभाँचे पनि जहाँ नेतृत्व लियो त्यहाँ बदनाम थिएनन् भने प्रधान एआईजी हुनु नौलो थिएन । तर उनको लागि अग्रसर हुने काँग्रेसी नहुनुको कारण खाने आफैं मात्र साथ खोज्ने रित्तै भएर हो । सशस्त्रका एक डिआईजी भन्दै थिए । राष्ट्रपति रामचन्द्र पौडेल पक्षधर बाबु धु्रव प्रधानको स्वभावले छोरा किशोर प्रधानको बढुवा गर्न राष्ट्रपति रामचन्द्र पौडेलले पनि चासो दिनु पथ्र्यो । तर पौडेल आफैं लोभी छन् । बहुदल आएपछि उनी शुरुमा स्थानीय विकास र कृषि मन्त्री थिए । ३० हजार घुस लिएर चीनको लसुन नेपाली हो भनेर स्वीकृत गरेका पौडेलको कथा रोचक छ । समयले रामचन्द्रलाई राष्ट्रपति बनायो । माओवादीका अध्यक्षको राष्ट्रिय सहमति र सहकार्यको राजनीति इमान्दारपूर्वक लागू हुँदा एमालेले सभामुख, काँग्रेसले राष्ट्रपति पाएको हो । घुस लिन रामचन्द्र सफल छन् । उनको चरित्रअनुसार बाबु धु्रवले सशस्त्रमा नालायकै भने पनि पुत्रको लागि पहल गर्न सक्नु पथ्र्यो । तर विना दक्षिणा काँग्रेसले केही गर्दैन भन्ने कुरा माननीय शंकर भण्डारीसँग समन्वय गर्नु नै किशोर प्रधानको एआईजीको सपना पूरा हुने हो । संगठनभित्रबाट उनको बाटो छेकबार लगाउनेहरू छैनन् । उनी वरिष्ठभित्र पर्छन् ।


सम्बन्धित समाचार