Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शरणार्थी काण्डले खैलाबैला

काठमाण्डौ । मुखले बोलेरमात्र हुँदैन व्यवहारले मान्छेलाई सिध्याउन सफल कुटुनी जालमा पहरेदारलाई पनि नक्कली भुटानी शरणार्थी काण्डले अत्याएको छ । त्यही कारण उनी ३२ सिटे माओवादी अध्यक्ष प्रम पुष्पकमल दाहाललाई लगातार भेट गरेका छन् । संयोगवश माओवादीलाई सराप्दै एमालेमा बसेका रामबहादुर थापा र टोपबहादुर रायमाझी यो काण्डमा सरिक भएको रहस्य खुलेको छ । अर्घाखाँचिकै गृहसचिव भएको बेला यो काण्डमा नक्कली भुटानी शरणार्थी बनाएर १ अर्बभन्दा बढी रकम झ्वाम पारियो । ४५० जना नक्कलीलाई यो गिरोहले अमेरिका पठायो ।
नियत राम्रै राखेर केपी प्रम बन्दा अमेरिकी सरकार र युएन मिसनसँग कुरा राखे । पूर्व सहसचिव विष्णु पन्थीको संयोजकत्वमा समिति बनाइयो । योजनाबद्ध रूपमा भएका यस्ता धन्दामा गृहमन्त्री उनका सुरक्षा सल्लाहकार, गृहसचिव सत्तारुढ दलकै ठूलो नेताको साथ पाउँदा त्यो गिरोह चम्केको हो । वहालवाला सचिव अख्तियारका वहालवाला प्रमुख आयुक्त समेत जोडिएको पूर्व गृहसचिव महेश्वर न्यौपानेसम्म नाम पुगेको यो काण्डमा सानो गिरोह छैन । यो गिरोहले तत्कालीन सरकारको शुसासनमा टेवा दिएको देखियो ।
टोपबहादुर र रामबहादुर थापाको साथ बिना छोराहरूको त्यो पौरख पक्कै आएन । यहाँ उपराष्ट्रपतिका पुत्रकोसमेत नाउ जोडिएको छ । तर पैसाको कारोवार रायमाझी र थापा पुत्रले सुरक्षा सल्लाहकार दुवै तत्कालिन गृहसचिवसँग गरेको कुरा प्रहरीकै बयानमा छ । एक सूत्रका अनुसार काँग्रेस सभापति शेरबहादुर देउवा पत्नि डा. आरजु राणा, सालो भुषण राणासम्मको नाम पक्राउ परेकाहरूले पटक पटक लिन्छन् तर अहिलेसम्म प्रहरी सुनेको छैन ।

कम्युनिष्ट पार्टीप्रतिको जन विश्वासलाई संगठित अपराधमा रूपान्तरण गरिएको कुरा नक्कली भुटानी शरणार्थी काण्ड मात्र लिएर हुँदैन । ओलीको शासनमा भएका ओम्नि, थामसेर्कु, हुकाम, बतास काण्ड भए । नेपाल ट्रष्टको जमिन भाडा काण्ड, वाईडवडी भुक्तानी काण्ड, एनसेलको ६४ अर्व काण्ड, सम्पत्ति शुद्धिकरण विभाग, राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्रीको कार्यलयमा सारिए पनि अपेक्षाकृत काम नदेखिनु ५ लाख भन्दामाथिको ठेक्का प्रम कार्यालय मातहतको कव्जामा ल्याइनु नै संगठित भ्रष्टाचार थियो ।
अहिले कम्युनिष्ट पार्टीबीचको द्वन्द्वले धेरै निराश छन् । एमालेप्रतिको जनविस्वास यस्ता अपराधले घट्ने छन् ।

अध्यक्ष केपी ओली आफू शुद्ध भन्छन् उनकै लागि राज्यले १८ करोड उपचारमा खर्च ग¥यो । आफूबाहेक अरुलाई मान्छे नगन्दा रायमाझी र बादलको संरक्षण गर्न प्रम पुष्पकमल दाहाललाई धम्क्याउनु प¥यो । वामपन्थि शक्तिमाथि प्रहार गर्दै पार्टी विभाजनसम्म गराएर संघियता र गणतन्त्रमाथि प्रहार गर्ने राप्रपा जस्तो दक्षिणपन्थी, रास्वपाजस्तो हावादारी समूहको रक्षक बनेको नेकपा एमालेले सरकार विरुद्ध संसदमा कस्तो व्यवहार देखाउला प्रतिक्षा गर्नुपर्छ । भ्रष्टाचारको विरोध गर्ने रास्वपाले भ्रष्टाचारीका फाईल खुल्ने थालेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएर अर्को जात्रा देखाएको छ । नेपालको संसदमा अब अमेरिकी प्रतिनिधिका रूपमा रवि र डा. स्वर्णिमको उपस्थिति छ । भ्रष्टाचार र वेथिति विरुद्ध जुटेको सरकारले नक्कली भुटानी शरणार्थी मात्र होइन अख्तियारमा थन्क्याईएका र राजनीतिक पहुँचले दवाईएका ठूला माछाहरूको फाईल खोतल्ने बाचा गरेको छ । एमाले अध्यक्ष केपी ओलीले गठबन्धन भत्काउन काँग्रेसका डा. शेखर कोईराला समूहलाई उचाल्न थालेका छन् । राप्रपा १४, रास्वपा २०, एमाले ७६, जनमत ६ समेत गरी ११६ जनाको डम्फू बजाउँदैछ । सभामुख र उपसभामुखले यहाँ मतदान गर्दैनन् । हत्या काण्डका आरोपी लक्ष्मी महतो कोइरीले समेत मतदान गर्न पाउँदैनन् । संसद चलुञ्जेल केपी ओलीले कोइरीलाई पक्राउ गर्न दिएनन् । अहिले प्रहरीले वारेण्ट जारी गरेको छ । टोपबहादुर रायमाझीले पनि अव संसदमा सहभागी बन्ने वातावरण छैन । तर पनि ओलीको धम्की चर्कै छ ।


सम्बन्धित समाचार