Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा २९ अंकको गिरावट आएको छ । बजार खुलेदेखि नै लगातार ओरालो लागेको नेप्से २९.८१ अंकले घटेर १९६०.७८ अंकमा झरेको हो ।
आइतबार नेप्सेमा सूचीकृत सबै उपसमूह ओरालो लागेका छन् । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह ३.०३ प्रतिशतले घटेको छ ।
आज कारोबार रकम भने सामान्य घटेको छ । गत साता अन्तिम कारोबार भएको दिन बुधबार १ अर्ब १० करोडको सेयर कारोबार भएकोमा आज १ अर्ब १८ करोडको सेयर किनबेच भएको छ ।
बजार घट्दा पनि ८ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् भने थ्री स्टार हाइड्रोपावरमा सकारात्मक सर्किट लागेको छ । आज लिबर्टी इनर्जी र सिटी होटलको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो । २७६ कम्पनीको सेयर कारोबार हुँदा २१२ कम्पनीलका लगानीकर्ताले गुमाएका छन् ।
सोल्टी होटलको सबैभन्दा धेरै ३ करोड ८८ लाखको सेयर किनबेच भएको छ । मौद्रिक नीतिपछि नेप्से परिसूचक लगातारजसो ओरालो लागिरहेको छ । मौद्रिक नीतिपछि बजार ३६६.३८ अंकले घटिसकेको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल