Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । शेयर बजार लगातार तीन दिनदेखि बढिरहेको छ । यसैक्रममा बजार आज पनि बढेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.९१ अंकले बढेको छ । ०.४६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१५४.०७ अंकमा उक्लिएको छ ।
आज २५५ कम्पनीका ८६ लाख ७६ हजार ४ सय ३८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार २९.१३ रुपियाँ बराबरको कारोबार भएको हो ।
दुई कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । बीपीडब्लू लघुवित्त र यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले क्रमशः १० र ९.९९ प्रतिशतले नाफा कमाएका छन् ।
स्वाबलम्बन लघुवित्तको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २१ करोड ७७ लाख ३९ हजार ८ सय ६३.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो आइतबार बजार १२.१६ अंकले बढ्दा २ अर्ब ३७ करोड ६४ लाख २७ हजार ५ सय ७२.७७ रुपियाँ र हिजो सोमबार ४७.०७ अंकले
बजार बढ्दा २ अर्ब ५६ करोड १ लाख ९१ हजार २ सय ८८.७१ रुपियाँ बराबरको कारोबार भएको थियो ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल