Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संघर्षले नै सफलता दिलाउँछ

  • उषा सुवेदी, मोडल

नुवाकोट, बेलकोटगढी नपा –६ की स्थानीय बासिन्दा, राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशकी सचिव समेत रहेकी मोडल उषा सुवेदी पछिल्लो समय मोडलिङमा ब्यस्त छिन् । विभिन्न कार्यक्रमहरूमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गर्दै आईरहेकी उषा सुवेदी गीतकार समेत हुन् । दुई सय भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी मोडल उषा गत शुक्रबार अर्थ नेपाल प्रालिव्दारा राजधानीमा आयोजित ‘साहरा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८’ बाट सम्मानित भएकी छन् । कलाकारिताको यात्रामा एक पछि अर्को सफलता प्राप्त गर्दै अघि बढेकी रहेकी अहिलेकी चर्चित मोडल उषा सुवेदीसँग ताजा खबर साप्ताहिकका लागि गरिएको संक्षिप्त कुराकानीः

० ‘साहरा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८’ बाट सम्मानित हुनु भएको छ कस्तो महसुश गरिरहनु भएको छ ?
– कलाकारको सम्पति भनेकै दर्शकहरूको माया र यस्तै सम्मानहरू त हुन् नि । सम्मानहरूले आफ्नो कर्ममा उर्जा थप्ने काम गर्छ भने अझै राम्रो काम गर्न प्रेरित गर्छ ।

० तपाई त गीतकार पनि कस्तो खाले गीत लेख्न रुचाउनु हुन्छ ?
– गीति सिर्जना पनि मेरो रुचिको विषयमा पर्ने भएकोले फुर्सदको समयमा लेख्ने गर्छु । विशेषतः लोक दोहरी तर्फ अलि बढि झुकाव राख्ने भएकोले दोहरी गीत नै बढि छन् भने आधुनिक गीत पनि मेरा सार्वजनिक भएको छ । जे जति गीतहरू सार्वजनिक भए सबै नै स्रोता रुचिका छन् ।

० पछिल्लो समय मोडलिङमा आउन चाहनेहरूको संख्या बढेको हो ?
– पछिल्लो समय नेपाली कलाकारिता वा मोडलिङको क्षेत्रमा युवाहरूको मोह बढेको छ । रंगीन पर्दा भित्र आफुलाई परिचित गराउने सुन्दर सपना बुनेर यो क्षेत्रमा आउनेहरूको संख्या बढेकै देख्छु म त ।

० यो भिडमा आफुलाई कहाँ पाउनु हुन्छ ?
– कर्म गर्ने हो, सफल, असफल भन्ने कुरा जुनै क्षेत्रमा पनि हुन्छ । जहाँसम्म लाग्छ यो भिडमा आफुलाई परिचित गराउन सफल भएकी छु जस्तो लाग्छ ।

० कति जति पुग्यो होला भिडियो ?
– दोहरी र आधुनिक गरेर दुई सय भन्दा बढी नै म्युजिक भिडियोमा काम गरिसकेको छु ।

० चलचित्रमा अफर नआएर हो भिडियोमा लाग्नु भएको ?
– एउटा कलाकारले पात्र सुहाउँदो अभिनय गर्ने हो त्यो चाहे सानो पर्दा होस वा ठुलो, जुनमा भएपनि अभिनय क्षमताका कारण आफ्नो क्षेत्रमा स्थापित हुनु हो । चलचित्रमा अफर नै नआएको भने होईन, आफुलाई मन पर्ने विषयवस्तु र राम्रो टिमको प्रतिक्षमा छु ।

० यो स्थान बनाउन कत्तिको संघर्ष गर्नु परयो ?
– आफ्नै कडा, मेहनत र परिश्रमले यहाँसम्म आइपुगेकी हुँ । अझै पनि भविष्यमा सफल मोडल वा अभिनेत्री बन्ने लक्ष्यका साथ संघर्ष गरिरहेकी छु ।

० घर परिवारको सहयोग… ?
– कसैको सहयोग र साथ विना आफ्नै एकल प्रयासले सफलता पाउन कठिन हुन्छ । यो क्षेत्रमा लाग्न मेरो परिवारको धेर थोर सहयोग छ । जसले गर्दा यो क्षेत्रमा लागि रहन हौसला मिलेको छ । विभिन्न आरोह अवरोहलाई पार गर्दै आफु भित्रको प्रतिभालाई आमदर्शक माझ ल्याउन कहिले हरेस खाईन । आफ्नो लक्ष्यमा दृढ संकल्पका साथ अघि बढेकै कारण र परिवारको विश्वासले गर्दा आज यो क्षेत्रमा टिकिरहन सफल भएकी हुँ । संघर्षले नै मानिसलाई सफलताको बाटोमा अघि बढाउँछ भन्ने कुरा राम्रोसंग बुझेकी छु ।

० कला क्षेत्रमा आउने प्रेरणा कसरी मिल्यो ?
– सानैदेखि टेलिभिजनको पर्दामा अरुले अभिनय, नृत्य गर्दा टेलिभिजन भित्र आफु पनि त्यस्तै गर्न पाए हुन्थ्यो भन्ने कल्पना र सपना देख्ने गथ्र्ये । गाउँघरमा हुने साँस्कृतिक कार्यक्रम र स्कुलमा हुने नृत्य प्रतियोगितामा भाग लिने गथ्र्ये र प्रथम पनि हुन्थे । ब्यक्ति विशेषको प्रेरणाले भन्दा पनि आफ्नै लगनले यहाँसम्म आइपुगेकी हुँ ।


सम्बन्धित समाचार