Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
विस्तारित मन्त्रिपरिषदमा नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बनेकी छन् । महिला आयोगको अध्यक्ष भइसकेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन् । तर पूर्व माओवादी कोटाबाट दुई मन्त्री बनाउँदा नैनकला सञ्चारमन्त्री बनेकी छन् । उनी एमाले नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन् ।५ पुसको संसद विघटन गर्दा साबिकको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०मा आफूलाई साथ दिएका पूर्व माओवादी केन्द्र खेमाका नेताहरु टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी र दावा लामालाई प्रधानमन्त्री ओलीले १० पुसमा मन्त्री बनाएका थिए । गृहमन्त्री बादलसँगै लेखराज भट्ट पनि मन्त्री नै थिए ।२३ फागुनमा सर्वोच्चले एमाले र माओवादी ब्युँताएपछि पनि बादलसहितका नेताहरु ओलीतिर लागे । माओवादी केन्द्रले कारबाही गरेपछि उनीहरुको सांसद पद गयो । तर प्रधानमन्त्री ओलीले संविधानको धारा ७८ अनुसार उनीहरुलाई पुनः मन्त्री नियुक्त गरे ।२७ वैशाखमा संसदको विश्वास गुमाएका प्रधानमन्त्री ओली ३१ वैशाखमा संसदको सबभन्दा ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री नियुक्त भए । उनले अघिल्लो क्याबिनेटका सबै मन्त्रीलाई दोहोर्याए । तर सर्वोच्चले ६ जेठमा संविधानको धारा ७८ अनुसार भएका बादलसहितका ७ मन्त्रीलाई पदमुक्त गरिदियो ।उनीहरुको माग फेरि आफूहरुलाई नै मन्त्री नियुक्त गरियोस् भन्ने थियो । तर प्रधानमन्त्रीले सर्वोच्चको आदेशका कारण नमिल्ने बताएपछि मन्त्रीमा नैनकलाको इन्ट्री भएको एक पूर्व मन्त्री बताउँछन् । उनले भने, ‘हाम्रो लिगेसी रहोस् भनेर उहाँलाई मन्त्री बनाएका हौं ।
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल