Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सन्दीपविरुद्धको बलात्कार मुद्दा पराजुलीको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अन्तिम सुनुवाइका लागि न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा पेसी तोकिएको छ । उक्त मुद्दा पेसी सूचीको दशौँ नम्बरमा रहेको छ ।
यसअघि, पटकपटक अन्तिम सुनुवाइका लागि पेसी तोकिएको भए पनि विभिन्न कारणले सुनुवाइ स्थगित भएको थियो । यसअघिको पेसी बिदामा बसेका न्यायाधीशकोमा परेकाले स्थगित भएको थियो ।
सोअघि वैशाख ११ गते न्यायाधीश दिपक ढकालको इजलासमा तोकिएको अन्तिम सुनुवाइ जाहेरवालाको तर्फबाट चार कानुन व्यवसायीहरूले बहस गरेपछि स्थगित भएको थियो ।
पक्षहरुको तर्फबाट मुद्दा स्थगित गर्ने व्यवस्था सकिएको भए पनि कहिले हेर्न नभ्याउने त कहिले प्रतिवादीले सन्दीपलाई थुनामा पठाउने न्यायाधीशको इजलासमा सुनुवाइ परेकाले स्थगित गराएका थिए । आज भने न्यायाधीश पराजुलीको इजलासमा सुनुवाइ तोकिएको छ । तोकिएका अगाडिका मुद्दा समयमै सकिएमा आज सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ सुरु जनाईएको छ ।
न्यायाधीश पराजुलीको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ भएर हेर्दाहेर्दैमा राखे उनैको इजलासले यस मुद्दामा फैसला समेत गर्नेछ । तर, आज पनि मुद्दाको सुनुवाइ स्थगित भएमा फेरि अन्तिम सुनुवाइको अर्को पेसी तोकिने जनाईएको छ ।
लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा चलिरहेको छ । गत वर्ष भदौ ५ गते पटकपटक बलात्कार गरेको आरोपमा भदौ २१ गते उनीविरुद्ध जाहेरी दर्ता भएको थियो ।
जाहेरी दर्ता हुँदा लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्नका लागि वेस्ट इन्डिजमा थिए । उनी पक्राउ पुर्जी जारी भएको एक महिनापछि असोज २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।