Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
० तपाईलाई त मोफसलमा पनि त्यति कै ब्यस्त छायाकारको रुपमा लिइन्छ नि ?
पछिल्लो केही वर्षयता प्राविधिक कामको लागि जता बसे पनि काम पाउन सहज बनाएकोले कामको लागि राजधानी नै बस्नुपर्ने बाध्यता हटेर गएको छ । म चितवनमा बस्ने भएकोले यहाँ पनि प्रशस्तै काम छ । मोफसलमै बसेर पनि सिनेकला सम्बन्धि हरेक किसिमको काम गर्न सकिने बातावरण बनिसकेको छ अहिले । तर पनि राजधानी भनेको ठुलो ठाउ भएकोले अधिकाँस चलचित्रको काम यहीबाट हुने गर्छ ।
० क्यामराम्यान बन्ने चाह कसरी भयो ?
सुरुवाती समयमा यस क्षेत्रमा काम गर्छु भन्ने सोच थिएन । एसएलसी पछि काठमाडौँ जाँदा त्रिभुवन पार्कमा घुम्ने क्रममा चलचित्रको सुटिङ भैरहेको देख्दा रमाइलो लाग्यो । कलाकार पनि बन्न सक्थे होला तर मलाई क्यामेराम्यानको काम गराई प्रति ध्यान केन्द्रित भयो र क्यामराम्यान बन्ने चाह जागेको हो । क्यामराको प्रशिक्षण लिएर नै म सिनेमा खिच्न थालेको हुँ । पहिले रिलवाला क्यामेरा चलाउनु पथ्र्यो अहिले डिजिटलको जमना आइसकेको छ । त्यतिबेलाको अथक मिहिनेतले गर्दा आज यो स्थान बनाउँन सफल भएको छु । इच्छा र चाहना त के के थियोे । चलचित्रको क्षेत्रमा भित्रिए पछि यस क्षेत्रका साथीहरूसंगको हिमचिमले यता तिर आकर्षित गरायो । त्यसपछि यसै क्षेत्रमा अनुभव र ज्ञान लिनमा नै बढी समय खर्चेको छु । जेजति समय बितेपनि आफुलाई मन परेकोे बिद्यामा अहिले पाएको सफलता नै त्यसको प्रतिफलको रुपमा लिएको छु ।
० कामको हिसावले बिगतमा सजिलो कि अहिले ?
अहिले प्रविधिले सजिलो बनाएको छ । पहिले क्यामरा वा लाइट सबै कुरा भारीवजनको हुन्थ्यो अहिले सनिलै बोक्न सकिने सामन उपलब्ध छ । क्रेनको स्थान ड्रोनले लिएको छ । जसले गर्दा जनशक्ति पनि अलि कम नै प्रयोग हुन्छ । अहिले छोटो र छरितो भएको छ । पहिलेको तुलनामा धेरै नै सहज छ ।
० हलमा दर्शक छैन सिनेमाको छायांकन हुन थाल्यो गाह्रो हुन्न पछि ?
कलिउडमात्र होइन हलिउड र बलिउड समेत यतिबेला अन्यौलमा छन् अब के हुन्छ र के गर्ने भन्ने बिषयमा । कोभिडका कारण संसारै लथालिंग बनेको अवस्थामा हलहरू बन्द रहनु स्वभाविक हो । हल खुकेका छन् दर्शक हलमा जान सकिरहेका छैनन् । त्यस कारण हलहरू बन्द रहनाले यससँग सम्बन्धित कयौं परिवार प्रभावित बनेका छन् । चलचित्रकोे छायांकन सुरुभए जस्तै हलहरू पनि बिस्तारै खुल्ने कुरामा बिश्वस्त हुनुपर्छ । सधै यस्तै त नरहला नि ।
० कस्तो चलचित्रमा काम गर्न पाएहुन्थ्यो जस्तो लाग्छ ?
अहिले मनोरञ्जन सहितको ब्यवसायिक चलचित्र बन्ने क्रम बढेको छ । समय अनुसार चल्नै प¥यो । बिषयवस्तुको छनौट पहिले नै निर्माता, निर्देशकहरूले गरिसक्नु भएको हुन्छ । हाम्रो चयन त पछि हुने हो । तर, पनि ब्यवसायिक रुपले भन्नु पर्दा युवा गर्वलाई लक्षित गरेर बनेको चलचित्र मनपर्छ । अर्को कुरा मलाई आर्ट मुभिमा काम गर्ने पनि त्यति कै चाहना छ । तर, सबै कुरा भनेको जस्तो नहुन सक्छ ।
० ग्ल्यामरः चर्चाको क्षेत्र, यसलाई कसरी लिनु भएको छ ?
चितवन त्यती टाडाको ठाउ होइन । पहिलेको जस्तो चितवन अहिले रहेन आधुनिक बनिसकेको छ यहाँको रहन सहन । सिनेक्षेत्रलाई ग्ल्यामरको दुनियाँ भन्छन् । सानो कुराले पनि कहिले काही अत्याधिक चर्चा गराउने क्षेत्र हो । हामी जस्तो पर्दा पछाडी काम गर्नेहरू क्षणिक चर्चाले भन्दा पनि आफ्नो कामले स्थापित हुनसक्नु पर्छ । विद्यार्थी छँदा कुनै राम्रो काम गरेर ठुलो मान्छे बन्ने सोच थियोे । अहिले यही काम राम्रो लाग्छ । पहिल्लो समय कामको चाप यति बढ्न थाल्यो कि समय मिलौन नै कठिन भैरहेको छ । राम्रो कामले नै मानिसलाई उचाहिमा पुर्याने हो । चर्चित हुनुभन्दा पनि निरन्तर आफ्नो क्षेत्रमा काम गर्न पाईरहनु र सबैले बिश्वास गरिरहनु नै महत्वपुर्ण कुरा हो । अरु क्षेत्र भन्दा ग्ल्यामर क्षेत्र मानिसलाई आम रुपमा परिचित गराउने सजिलो माध्येम हो ।
० अहिले निर्माण भइरहेको सिनेमाकोे बिषयवस्तु कस्तो लाग्छ ?
चलचित्र बनिसकेपछि दर्शक माझ पुग्दा त्यसले समाजमा केही परिवर्तन ल्याउँन सकोस् यस्तो कथावस्तुमा चलचित्र बन्नु पर्छ जस्तो मलाई लाग्छ । मलाई समाज सुहाउँदो सन्देश मूलक चलचित्रमा काम गर्न मन लाग्छ । एउटा छायाकारको काँधमा थुप्रै जिम्मेवारी हुन्छ । काम गर्दा आईपर्ने बिबिध खाले समस्यालाई समाधान गर्दै कसरी राम्रो चलचित्र बनाउँन सकिन्छ भनेर हरपल चिन्तित हुनु पर्छ । विषयवस्तुको प्रस्तुतीकरणमा विशिष्टता ल्याउँछ र त्यसैका आधारमा गतिलो आम्दानी गर्छ । यी मापदण्डले निर्धारण गरेबाहेक कुनै चलचित्रले उठाएका विषय, सो विषयलाई अड्याउने स्थान–समय र कथा अभिव्यक्त गर्ने पात्रलाई कति गहिराईमा पुगेर सम्बोधन गरेको छ र कति न्यायोचित ढंगले प्रस्तुत गरेको छ भन्नेमा चलचित्रको सबलता मापन हुन्छ ।
० आर्थिक रुपले कस्तो छ ?
सुरुसुरुमा काम गर्दा धेरै कठिन थियो । अहिले छैन । कामको प्रतिस्पर्धा बढेसंगै आर्थिक रुपले पनि निकै राम्रो भएको छ । मेरो सवालमा भन्नुपर्दा डेढदशक बढि समय देखि यसै क्षेत्रमा काम गर्दै आईरहेको छु । अहिलेसम्म चलचित्र क्षेत्रबाट नै जीवनयापन गरिरहेको छु । भविष्यमा पनि यसै क्षेत्रमा निरन्तर लागि रहने हो । सन्तुष्ट छु ।
० कथावस्तुको बारेमा यहाँको बिचार के छ ?
सबैलाई थाहा भएकै कुरा हो । एक्शन, द्वन्द, मायाँप्रेम र हाँस्य पक्षमात्र चलचित्रको सवल पक्ष होईन । चलचित्रले समाजमा के सन्देश दिंदैछ भन्ने कुराले महत्व राख्छ । बिगतमा धनिगरिब, जातियत्व बिचको अन्तरव्दन्दलाई लिएर चलचित्र बनाउँने परिपाटीको अन्त्य भएको छ । बिषयवस्तु छनौंटमा भिन्नता आएसंगै चलचित्र निर्माणका मानवीय वा प्राविधिक पक्ष जस्तै— निर्माता, निर्देशक, लेखक, पात्र, कथावस्तु, संवाद आदि सबै पक्ष सुष्मरुपले बुझेर काम हुन थालेको छ, लगानीकर्ता पनि बुझेरमात्र चलचित्रमा खर्च गर्न थालेका छन् । रहर र नामको लागि चलचित्र बनाउनेहरू कम भैसकेका छन् । पुर्ण ब्यवसायिक रुपले चलचित्र बनाउनेको जमात देखिन थालेको छ अहिले ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल