Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । मुम्बई प्रहरीले बलिउड अभिनेता सलमान खान र उनको आगामी फिल्मका गीतकार सोहेल पठानलाई ज्यान मार्ने धम्की आएको विषयमा अनुसन्धान गरिरहेको छ। तर यो प्रकरणमा नयाँ ट्विस्ट आएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यो धम्की सोहेल पठान आफैँले पब्लिसिटी पाउन पठाएको प्रहरीले दाबी गरेको छ। पठानलाई अपराध शाखाले कर्नाटकको रायचुरबाट पक्राउ गरी मुम्बईको वर्ली प्रहरी चौकीमा बुझाएको छ। एक अधिकारीले नोभेम्बर ७ मा मुम्बई ट्राफिक प्रहरीलाई ५ करोड भारु नतिरे सलमान खान र सोहेल पठानलाई मारिने धम्कीको सन्देश आएको बताए। यस मामिलामा वर्ली पुलिस स्टेसनमा एफआईआर दर्ता गरिएको छ।
मुम्बई अपराध शाखाले धम्कीको सन्देश पठाइएको मोबाइल नम्बर ट्रेस गर्यो। यो नम्बर कर्नाटकका वेंकटेश नारायणनको हो। तर, प्रहरीले उनीसँग सामान्य फोन रहेको र त्यसमा ह्वाट्सएप नभएको पत्ता लगाएको छ। प्रहरीले नोभेम्बर ३ मा फोनमा ह्वाट्सएप इन्स्टल गरेको ओटीपी फेला पारेको थियो। यसबारे प्रहरीले सोध्दा उनले त्यही दिन रायचुर बजारमा किराना सामान किन्न गएको बताए। एक अधिकारीले सोधपुछका क्रममा पठानले प्रचारका लागि यो धम्की दिएको बताए। सलमान खानलाई आइरहेको धम्कीले जुन चर्चा पाइरहेको थियो, त्यसमा आफ्नो नाम पनि जोड्यो भने लोकप्रियता पाउन सक्ने उनलाई लागेको थियो।
२०८१ कार्तिक २६
ताजा नेपाल
२०८१ कार्तिक १९
ताजा नेपाल
२०८१ कार्तिक १९
ताजा नेपाल