Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

साँगीतिक संसारमा रमाउन चाहन्छु

  • पदम राई, गायक

नेपाली सुगम संगीतका सफल र चर्चित गायक हुन् पदम राई । उनलाई यो सफलता गीत, संगीत प्रतिको अथक साधनाका कारण मिलेको हो । ताप्लेजुङ जिल्ला, नाङ्खोल्याङमा जन्मेका गायक पदम राई सानै देखि जिल्लामा हुने विविध सांगीतिक कार्यक्रममा सहभागीता जनाउने गर्थे । संगीतको प्रशिक्षण लिएर यस क्षेत्र पेशा बनाउदै आएको पनि डेढ दशक नाघिसकेको छ । मेची अञ्चल ब्यापी गायन प्रतियोगिता ‘मेची तारा२०६२’ मा उत्कृष्ट ५ हुन सफल गायक राई ‘ताप्लेजुङ आईडल २०६९’ पनि हुन् । २०७० सालमा पहिलो गीति एल्बम ‘यो जन्म’ र दोस्रो एल्बम ‘यो जन्म २’ सर्वजनिक गरेका राईले कलेक्सन एल्बममा लगायत चलचित्रमा समेत गीत गायन छन् । पछिल्लो समय अत्यधिक चर्चामा रहन सफल गायक राई साँस्कृतिक कार्यक्रमको सिलसिलामा बिभिन्न देशको भ्रमण गरिसकेका छन् भने वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालले हालै काठमाडौंमा आयोजित ‘हिमालयन इन्टरनेशनल अवार्ड २०२१’बाट पुरस्कृत गरेको छ । उनले ‘के गुलियो छ र सखर चिनी.. , गीतबाट उत्कृष्ट गायकको ‘अवार्ड’ पुरस्कार पाएका हुन् । गायन पेशालाई नै निरन्तरता दिने सोचमा रहेका अहिलेका चर्चित गायक पदम राईसंग गरेको संक्षिप्त कुराकानीः

० पछिल्लो समय केमा ब्यस्त हुनुहुँछ ?
क्रमशः तीनवटा सिर्जना सार्वजनिक भएका थिए सबैले राम्रै सफलता पायो । अहिले नयाँ गीतको रेकर्डिङमा ब्यस्त छु । अघिल्ला गीतहरू भन्दा उत्कृष्ट बनाउने सोचले मिहेनत गरिरहेको छु ।

० कहिलेसम्ममा आउँछ त ?
‘जागिर खान्छु सरकारी अड्डामा…’ भन्ने बोलको गीत हो निकट भविष्यमा नै सार्वजनिक गर्ने लक्ष्य लिएको छु, हेरौं के हुन्छ । भिडियो पनि निर्माण हुन बाँकी छ ।

० पुर्वेली भाकामात्र गाउनु हुन्छ कि अरु पनि ?
म ताप्लेजुङ जिल्लाको नाङ्खोल्याङ भन्ने गाउँमा जन्मेहुर्केको भएर होला आफ्नै गाउँठाउँको पाखापखेरामा सुहाउँदो गीत गाउँन बढी मनपर्छ । त्यसो त लोकआधुकि, चलचित्रको गीत पनि गाएको छु ।

० कुन, कुन चलचित्रको गीत गाउँनु भो ?
चलचित्र ‘राम जाने’ को ‘मनभरी तिम्रो वरिपरि….’ बोलको गीत गाए भने अर्को ‘कुइनेटो’ चलचित्रमा पनि गाएको छु ।

० अनुभव कस्तो रह्यो त ?
एल्बमको गीत गाउँदा आफुलाई र संगीतकारलाई राम्रो लाग्यो भने भयो । चलचित्रमा सबैले मन पराएको हुनुपर्ने र छ । अलि फरक नै लाग्यो मलाई त ।

० स्टेज प्रोगामहरूमा पनि माग हुने गायक तपाई यसपालि कत्तिको ब्यस्त हुनुभो त ?
पूर्वमा हुने अधिकाँश कार्यक्रममा मेरो उपस्तिथि अनिवार्य जस्तै हुन्थ्यो । यो पटक ‘कोभिड १९’ का कारण कुनै प्रोगाम भएन । विदेशमा हुने कार्यक्रम पनि हुन सकेन । यस वर्ष कलाकारहरूलाई अति नै मर्कापरेको छ । कोरिया, युके, हङकङ लगायतका देशहरूमा मेरो कार्यक्रम तय भईसकेको थियो । तर, हुन सकेन ।

० अडियो र सिडि एल्बमको जमना गयो, गायक कलाकारहरूको आम्दानी कसरी हुन्छ ?
आधुनिक प्रबिधिको बिकाससँगै एल्बमको प्रचलन हराए । पहिले क्यासेट बिक्रीबाट पनि आर्थिक सपोर्ट हुन्थ्यो भने अहिले युट्युवको भर पर्नुपर्छ । मुख्य आयस्रोतको माध्येम भनेको देश, विदेशमा हुने स्टेज कार्यक्रम नै हो ।

० गीत, संगीतको क्षेत्रमा पहिचान बनाई सक्नु भो कस्तो महशुस हुन्छ ?
गीत, संगीत मेरो सानै देखिको शौख हो । त्यतिबेला पनि गाउघरमा हुने कार्यक्रमहरूमा गाउँने गर्थे । २०६९ सालमा ताप्लेजुङ आईडलको उपाधि जितेपछि गीत, संगीतको क्षेत्रमा मेरो परिचय बाहिर आउन थालेको हो । ०७० सालमा मेरो पहिलो एकल एल्बम ‘यो जन्म’बजारमा आएपछि मलाई सांगीतिक उचाईमा पुराउन थप मद्दत पुग्यो । ‘के गुलियो छ र सखर चिनी.. , ‘पछि पछि लागेर…’, ‘यसो हेरे पुर्वतिर…’ बोलको गीतले आज मलाई यो स्थान हासिल गराएको छ । खुशी महशुस हुन्छ ।

० संगीत बिद्या नै रोज्नुको कारण ?
भाका र भाषा जुनसुकै भएपनि संगीतधुन मननपर्ने सायदै होलान् । पशुपन्छी त संगीतमा रम्छन भने हामी चेतनशिल प्राणी भएको नाताले पनि संगीत मनपराउनु स्वभाबिक हो । त्यसैले संगीतको संसारमा अर्कै मज्जा छ । त्यही मज्जामा रमाउँन चाहेको हुँ ।


सम्बन्धित समाचार