Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्वास्थ्य अवस्था बिग्रिएपछि सांसद चौधरी आईसियुमा

काठमाडौं । कोरोना भाइरस संक्रमित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सचेतक शान्ता चौधरीलाई आइसियुमा सारिएको छ । वीर अस्पतालको साधारण वार्डमा उपचाररत चौधरीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि गएराति आइसियुमा सारिएको उनको सचिवालयले जनाएको छ । दमले च्यापिरहेकै बेला उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएर अस्पतालमा भर्ना भएपछि उनले आफ्नो स्वास्थ्यप्रति चिन्ता गर्नेहरुलाई आफूलाई श्वास फेर्न गाह्रो भएको भन्दै फोन नगरि एसएमएस गर्न आग्रह गरेकी थिइन् । उनलाई गत असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।


सम्बन्धित समाचार