//माधवको आक्रोश यसरी थन्कियो

माधवको आक्रोश यसरी थन्कियो

तीन मन्त्रीको पद धरापमा
काठमाडौं । पार्टीका दुवै अध्यक्षसँग सरसल्लाह गरी विदेश घुम्न गएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आङ्खनो अनुपस्थितिमा अध्यक्षद्वयले स्थायी समितिको बैठकका निर्णयलाई महत्व नदिई प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव नियुक्ति गरेपछि मच्चिएको कोलाहल एकाएक थान्को लागेको छ । नेकपाको कात्तिक ५ गते बसेको स्थायी समिति बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालका असन्तुष्टिहरुलाई नै केन्द्रीत गरी नेताहरुबीच छलफल भए पनि अन्ततः आगामी दिनमा विधि, पद्दति र प्रक्रियालाई अवलम्बन गरी पार्टीका निर्णयहरु गर्ने सहमति भएको बुझिएको छ । वरिष्ठ नेता नेपालको आक्रोश भनेको ओली पक्षधर चार र पाँच नम्बर प्रदेशका मुख्यमन्त्रीहरु पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेललाई पार्टीको पनि प्रदेश इञ्चार्ज बनाउनु रहेको थियो । त्यसो त नेपाल पक्षका प्रदेश १ मा भीम आचार्य, ३ मा अष्टलक्ष्मी शाक्य, ७ मा भीम रावल इञ्चार्जका रुपमा पहिले नै नियुक्ति भइसकेका थिए । जुन दिनदेखि नेपालले आक्रोश प्रकट गरे त्यो भन्दा अगावै यिनीहरुले प्रदेश कमिटीको बैठक सम्पन्न गरिसकेको अवस्था भएकाले पनि वरिष्ठ नेता माधवको कुर्लाइलाई अध्यक्षद्वयले महत्व दिएका थिएनन् । भोलि नेकपाको स्थायी समितिको अन्तिम बैठक बस्दैछ । यो बैठकले एकता प्रक्रिया टुंग्याउन बाँकी रहेका कामहरुलाई निश्चित अवधि तोकेर जिम्मेवारी दिने बताइएको छ । सोमबारको बैठकमा वामदेव गौतमका निम्ति पदत्याग गर्न इच्छुक काठमाडौं ७ का सांसद रामवीर मानन्धरको राजीनामा अस्वीकृत मात्र गरेन डा. गोविन्द केसी प्रकरणमा सहभागि भएका पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठको समेत राजीनामालाई अस्वीकृत गरेको छ । यो बैठकमा मन्त्रीपरिषद्का सदस्यहरु परिवर्तन गर्ने सवालमा छलफल हुँदा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, पर्यटन तथा संस्कृतिमन्त्री रविन्द्र अधिकारीको चर्को आलोचना भर्एको छ । यो आलोचनाले सम्भवतः कोगाज्रत पूर्णिमाका दिन बस्ने स्थायी समितिको बैठकले केही न केही निर्णय नगर्ला भन्न सकिँदैन । नेकपाभित्र बढिरहेको आक्रोश र आलोचना यिनीहरुमाथिनै केन्द्रीत छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आङ्खनो कार्यकालसम्म अधिकांश मन्त्रीहरुको फेरबदल हुनसक्ने बताइरहँदा पहिलो घानमा पर्ने तीन मन्त्रीहरुका बारेमा भने पार्टी पंक्तिभित्रै चर्को आलोचना बढिरहेको अवस्थालाई अब कसरी निराकरण हुन्छ त्यो भने कुर्नुपर्ने भएको छ । नेपालको शुरुदेखिको आक्रोशलाई थामथुम पार्न अर्का अध्यक्ष पुष्पकमल दाहाल निकै प्रयासरत थिए । दाहालले नै बैठकमा अहिलेसम्म जेजति गल्ती भए त्यसका निम्ति हामी दुवै अध्यक्ष आत्मालोचना गर्दछौं आगामी दिनमा त्यस्तो हुने छैन भन्ने विश्वास दिलाएपछि नेता नेपाल शान्त भएको एक सहभागीले ताजानेपाललाई बताए ।