//प्राधिकरण बोर्डमा खञ्चुवा सदस्य

प्राधिकरण बोर्डमा खञ्चुवा सदस्य

काठमाडौँ । दूरञ्चार प्राधिकरणलाई तन्नाम बनाउन सके आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भन्ने उद्देश्य राखेका घुस्याहा टेकनाथ आचार्य, हेमकुमार श्रेष्ठ, राममणि दुवाडी, चूडामणि चौलागाईंका विगत राम्रा छैनन् । प्राधिकरण बोर्डका यिनीहरू प्राविधिक व्यवस्थापन, कानुन र प्रशासनका विज्ञका रूपमा ल्याइएका हुन् ।
मोहन बस्नेत, राम कार्की, गोकुल बास्कोटाले यिनीहरूलाई बोर्डमा लगेका हुन् । अर्थको सहसचिवबाट अवकाश प्राप्त राममणि दुवाडीलाई कहाँबाट कति कुम्ल्याउन सकिन्छ भन्ने थाहा छ । जहाँ गयो, त्यहाँ भ्वाङ पार्ने प्राविधिक हुन् चूडामणि चौलागाईं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नातेदार भएका कारण टेकनाथ आचार्य विद्युत् प्राधिकरण, वायु सेवा निगम, खाद्य संस्थान, नागरिक उड्डयन प्राधिकरण र दूरसञ्चार प्राधिकरणको बोर्ड सदस्य बनेका हुन् । यिनी जहाँ गए, त्यहाँ संस्थागत खर्च बढी गराउँछन् । यिनले काम गर्न नदिएपछि वायु सेवा निगमका तत्कालीन महाप्रबन्धक मदन खरेलले १४ महिनामै पद त्यागे र हिँडेका थिए ।
विभागगीय मन्त्री र कार्यकारी अध्यक्षभन्दा ठूला बोर्ड सदस्य भएकाले सरकारको देशका कुनाकाप्चामा इन्टरनेट पु¥याउने लक्ष्य पूरा हुने कुरामा शङ्का छ । प्रकाश राउतको ल फर्ममा काम गर्ने श्रेष्ठ पनि खटिरा बन्नलायक छन् । यिनलाई भोजपुरे भएको नाताले राष्ट्रपति विद्यादेवी भण्डारी र काँग्रेस ज्ञानेन्द्र कार्कीको सिफारिसमा मोहन बस्नेतले प्राधिकरणको बोर्ड सदस्य बनाएका हुन् । अर्का सदस्य राममणि दुवाडी प्रशासन हेर्ने भनिए पनि यिनको धन्दा शङ्कास्पद व्यापारी अजय सुमार्गीको हेल्लो नेपालको भलो गर्ने हो । दूरसञ्चार प्राधिकरणभित्रको ब्रम्हलुटमा बोर्ड सदस्यहरू नै खटेपछि सरकारको लक्ष्य कसरी कहिले पूरा हुन्छ ? प्रश्न उठ्नु स्वाभाविक हो । माओवादी अध्यक्ष प्रचण्ड किन यस्ता विवादित र कुलङ्घारहरूको संरक्षक बन्छन् ? उनले जताततै बोर्ड सदस्य बनाएका आचार्यको पौरखी स्वभाव कति बुझेका छन् ? कहिले अजय सुमार्गी जोडिन्छन्, कहिले सडकको ठेक्का लिएर काम नगर्ने ठेकेदार जोडिन्छन् ? नेकपाका नेताहरू यसरी पतन हुनुपर्ने कारण के रहेछ ? खड्ग ओली त्यस्तै छन् । समृद्धि र विकासको गीत गायो, आफ्ना मण्डलीहरू खटायो, पैसा सङ्कलन ग¥यो । नन्दी भृङ्गीहरूलाई पैसा बाँड्यो । बाँड्ने पैसा कहाँबाट आउँछ ? निर्मला पन्तका हत्यारा बचाउने साथी बम दिदीबहिनीको इज्जतमाथि दाग लागेकोमा चिन्ता गर्ने प्रमले पन्तलाई न्याय नदिने गरी हत्यारा पत्ता लाग्न १२ वर्ष समय तोके, त्यो पनि अमेरिकाबाट । आफैँले खनेको खाडलमा आफैँ पर्ने भनेको यही हो । यिनै खञ्चुवा बोर्ड सदस्यहरू र सञ्चारमन्त्री गोकुल बास्कोटाका बीचमा कार्यकारी अध्यक्ष झालाई अधिकार दिने बारेमा विवाद हुँदा मन्त्रीले हस्तक्षेप गरेर अधिकार दिएका हुन् ।