//प्रचण्ड र केपीका भित्री कुरा

प्रचण्ड र केपीका भित्री कुरा

काठमाडौँ । नेकपाको आन्तरिक सङ्ठनमा भागबण्डा मिलेन भन्दै ठासठुस गर्ने नेताहरूले आफ्नै स्वार्थ हेरेका छन् । पार्टीका भावी कार्यक्रमका बारेमा चासो छैन । काम नपाएपछि चर्चामा आउने रुचि यिनैलाई छ, जो उपप्रम एवं शिक्षामन्त्री छन् । वरिष्ठ नेता माधव नेपालको चाहना हिजो तेस्रो वरियतामा पर्दा झलनाथ ठुस्सिनु सामान्य भयो । खनालको गुट कमजोर भयो । छोरालाई लुम्बिनी एयरपोर्टमा रोडा, बालुवा, ढुङ्गाको ठेक्का दिलाएकै छन् । ईश्वर, माधव, वामदेवका आ–आफ्नै गुट छँदै थियो । एमाले माओवादी मिलेपछिको अवस्थामा थपियो– प्रचण्ड गुट, बादल गुट, नारायणकाजी गुट । नेकपामा सात गुट भएका छन् । यी गुटमध्ये प्रचण्डसँग माधव जोडिए पनि, वामदेव गोडिए पनि एकाएक ओली कमजोर हुन्छन् । ईश्वरलाई मौकाको फाइदा जता धेरै, उतै ढल्किनु हो । त्यही कारण विष्णु पौडेलले पाएको बक्सिस कति दिन रहन्छ ? तर प्रचण्ड र केपीका भित्री कुरा उनीहरूमा मात्र सीमित छ । यी दुवैका भित्रियाले समेत यो बुझेका छैनन् । उच्च स्रोतका अनुसार यिनले दुई वर्षमा महाधिवेशन गर्दैनन् । केपी ओली पनि कार्यकारी पदमा छन् । सरकारको कार्यकारी र पार्टीको कार्यकारी पदमा ओली गए । उनको स्वास्थ्यले धेरै धपेडी गर्न दिँदैन । दुई वर्षमा केपीले प्रम पद छाड्ने, महाधिवेशन आफैँले गराएर प्रचण्डलाई प्रधानमन्त्री भएकै बेला पार्टी अध्यक्ष पदमा पु¥याएर माधव नेपाललाई चमक दिलाउने दाउमा उनी छन् । माधव नेपाललाई निर्वाचित अध्यक्ष पद नदिन केपीले ईश्वरलाई उचाल्ने छन् । प्रचण्डपछिको अध्यक्ष पाउने भएपछि बेलामौकामा कार्यवाहक पाउने भएकाले ईश्वर अब नेकपाको वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित गराउने योजना केपी–प्रचण्डको छ । केपी र प्रचण्ड अहिले पनि दुवै कार्यकारी पदमा छन् । यिनले चाहँदा मन्त्रिपरिषद्का बद्नाम मातृका यादव, रघुवीर महासेठ, रवीन्द्र अधिकारीको पद कायम छ । गृहमन्त्री रामबहादुर थापा बादल पनि प्रहरी सङ्गठनको भुत्ते अनुसन्धानले निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा फसेका छन् । अपराधी बचाएर प्रहरीले जनतामा साख गिराएको अवस्था छ । आफू विदेश घुमिरहने तर भाग बराबर लगाउँदा पनि चित्त नबुझाउने वरिष्ठ नेता माधवकुमार नेपालका अभिव्यक्तिले काँग्रेस रमायो तर फाइदा भने त्यो काँग्रेसले लिन सक्ने ठाउँ थिएन । माओवादी र एमाले मोर्चागतरूपमा लागेको असोज १७ गते एक वर्ष अठार दिन पुगेको छ । यो अवधिमा संसद्मा स्पष्ट बहुमत भए पनि दुई तिहाइ देखाउन सङ्घीय समाजवादी फोरमलाई भित्र्याएर मधेसी मोर्चा फुटाइयो तर संविधान संशोधनको मूल मुद्दा राजपाले छाडेको छैन । प्रधानमन्त्री ओलीलाई भारतीय विश्वास घट्दो छ । त्यही कारण अध्यक्ष पुष्पकमल दाहाल भारतमा सम्मान खान पुगे तर चीनमा उनलाई भन्दा केपीकै विश्वास बढी भयो ।