Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अरु सात जनालाई ढाकाराम बनाउँदै प्रसाई

वीरगन्ज । बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले पुराना राजनीतिक दलका १० नेता र ५५ बीग हाउसका व्यापारीको भ्रष्टिकरणको कारण मुलुक आर्थिक रूपमा टाट पल्टिएको बताएका छन् । सोमबार वीरगन्जमा आयोजित कार्यक्रमा त्यसको प्रत्यक्ष असर सर्वसाधारण नेपालीमा परेको उनले बताए । नयाँ राजनीतिक दलका रूपमा उदाएका व्यक्ति नै भ्रष्टाचारमा संलग्न भएको भन्दै उनले रवि लामिछानेको पार्टी डेड महिना पनि नपुगी भ्रष्टाचारमा लिप्त भएको बताए । डा ढाकाप्रसाद श्रेष्ठ जस्तै अरु सात जनाको अडियो सार्वजनिक गर्न बाँकी छ । आठवटा ठूला चन्दाका डिमान्डमध्ये एउटा मात्र सार्वजनिक गरिएको हो । उनले भने, बाँकी सात वटाले कति जनाको जग हल्लिन्छ त्यो पछि हेर्नु होला । बाँकी सात मध्ये रविकै पार्टीका तीन जना रहेको पनि प्रसाईंले खुलासा गरिदिए । कोरोना महामारीपछि उद्योग व्यवसाय संचालन गर्न धौ–धौ भएको समयमा सरकारको निकम्मापन र बैंकको अत्याधिक बैंक ब्याजदरले उद्योग व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा आएको उनको भनाइ थियो ।