Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने संभावना कम

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सम्भावना कम हुँदै गएको छ ।

आज बैठक बस्ने भनिए पनि अहिलेसम्म बस्ने समय र स्थानको तय भइसकेको छैन । बुधबार बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीबीचको भेटले आज उच्चस्तरीय संयन्त्रको बैठक बस्ने तय गरेको छ ।

बैठकपछि प्रधानमन्त्री प्रचण्डले संयन्त्रको बैठकमा राष्ट्रपतिबारे छलफल गर्ने जनाएका थिए । तर, उनको सचिवालयकाअनुसार बैठक बस्ने नबस्ने टुंगो भइसकेको छैन ।