Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ, आज जेष्ट १९ गते । दरबार काण्डको २० वर्ष । नेपालमा ठुलठुला घटनाको विश्वासिलो छानविन नहुदाँ त्यस्ता घटनाहरुले सामाजिक जिवनलाई झस्काउने गर्दछन् । सार्क क्षेत्रमा अनुसन्धानको निमित्त प्रख्याती पाएको नेपाल प्रहरीलाई यस्ता घटनाको छानविन गर्ने अधिकार दिएको भए कुनै न कुनै कोणबाट तथ्य बाहिर आउदथ्यो । तर दरबार घटना होस् दास ढुङ्गा हत्या काण्ड यि दुवैको छनविन चित्त बुझ्दो भएन । घटना संग जोडीएका पात्रहरु राजनितीक पहुच र सत्ताको आड प्राप्त थिए । त्यही कारण छानविन आयोगका प्रतिवेदनहरुको अनुसन्धान भएन । भण्डारीकी पत्नी विधाभण्डारी रक्षा मन्त्री पनि भइन । एमालेको नेतृन्व तहमा पनि पुगिन ।तर दासढुङ्गा घटनाको सत्य तथ्य बाहिर आएन । जवकी अहीले तिनै विधा राष्ट्रपति छन् । त्यो घटनाको जिउदो साक्षि अमर लामालाई ताजा खवर साप्ताहीकको कार्यलयबाट अपहरण गरी कीर्तिपुर पुर्याएर हत्या गरीयो । त्यो घटनाको समेत छानविन भएन । त्यती बेला नेपाली काग्रेस सत्तामा थियो । लामा काग्रेसको कलाकार मोर्चाका नाइके थिए । दाजुको वंश विनास पछि ज्ञानेन्द्र साह राजा भए । दरबार काण्डको दोश तत्कालिन युवराजलाई लगाएर पुस्तक प्रकाशन गर्ने काम पनि भयो । अहिले सम्म सेना प्रहरी गुप्तचर कसैलाई पनि यस्ता घटनाको छानविन गरी रिपोट दिन राज्यले जरुरी ठानेन । घटनाहरु घटेपछि सत्य तथ्य बाहिर नआउदाँ सम्म संकास्पद व्यक्तिmहरुका बारेमा टिक्का टिप्पणी हुने गर्दछन् । त्यस्तो टिप्पणी जोडीएका पात्र हरु प्रति जनताको धारणा पुरानै रहन्छ । राजतन्त्रको अन्त र गणतन्त्रको स्थापना पछि पनि यस्ता घटनाको छानविन गर्नु राज्यको दायित्व थियो । तर त्यो राज्य कस्ताको पर्यो भन्ने कुरा छर्लग्ग छ
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल