Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपरान्ह ५ बजेबाट बैठक सुरु भएको हो । बैठकमा माओवादी केन्द्रले भावी राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्नेबारे ठोस निर्णय गर्ने नेताहरुले जानकारी दिएका छन् । माओवादी केन्द्रले आफुले भने राष्ट्रपतिमा उम्मेदवारी नदिने जनाउँदै आएको छ । राष्ट्रपति निर्वाचनमा माओवादी निर्णायक मानिएको छ । नेपाली कांग्रेस र एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने जनाउँदै आएपनि माओवादीले जसलाई समर्थन गर्छ उसैको जित हुने भएकाले माओवादीलाई आफ्नो पक्षमा पार्न दुवै दल लागेका छन् ।
गत पुस १० गते माओवादीलाई प्रधानमन्त्री र एमालेलाई राष्ट्रपति दिने सहमति भएको एमालेले दावी गर्दै आएपनि माओवादी नेताहरुले त्यसलाई अस्वीकार गर्दै आएका छन् । माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको बटमलाइन बनाएको छ । माओवादीको उक्त बटमलाइन एमालेले रुचाएको छैन । जसले गर्दा सत्ता गठबन्धनमाथि नै प्रश्न उठ्न थालेका बेला माओवादी बैठकले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ ।
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल