Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको परिवर्तनलाई उल्टाउनका लागि ठूलै कसरत भइरहेको जनाएका छन् ।
पार्टी र सरकारका कामकारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुआत गर्न शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शान्ति प्रक्रिया लगायत समग्र मुलुकको परिवर्तनलाई उल्टाउनका लागि ठूलै कसरत भइरहेको जनाएका हुन् ।
अहिले माओवादीको नेतृत्व सरकार रहेका कारण परिवर्तनहरू उल्टिन नसक्ने जस्तो लागेपनि स्थिति सहज भने नरहेको उनले जानकारी दिए । उनले समयमा नै जिम्मेवारी बोध नगर्ने र संघर्ष नगर्ने हो भने धेरै अफ्ठ्यारो स्थिति आउन सक्ने धारणा व्यक्त गरे ।
“सरकारको नेतृत्व गरेपछि धेरै काम सुरु भएको, त्यसमा केहि पूरा नभएको र केहि पूरा हुन बाँकी छ । कामको स्वामित्व लिने भन्दापनि जनतामा भ्रम छर्ने प्रवृति हावी देखिएको छ,” उनले भने ।
उनले अब पार्टीभित्र नेताको मन जितेर नेता बन्ने प्रणालीको अन्त्य गर्नुपर्ने आवश्यकता औल्याउँदै जनता र कार्यकर्ताको मन जित्ने नै नेता बन्ने जनाए ।
जतिसुकै चुनौती भएपनि वर्तमान सरकारलाई सफल बनाएरै छाड्ने आफूहरूले संकल्प लिएको र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल