Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यो कारण रोकियो चक्रपथ सुधारको काम

काठमाडौं । कलङ्की–धोबीखोला सडक विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम दुई प्रतिशत बाँकी रहेको छ । चीन सरकारको सहयोगमा विस्तार गरिने सो सडकमा पर्ने महाराजगञ्ज क्षेत्रमा पर्ने केही घरका कारण निर्माणस्थल पूरै खाली भइनसकेको हो । यो सडकको बिस्तारको निम्ति नारायण गोपाल चोक माहाराजगन्ज जति विवादमा छ त्यो अवस्था अनेत्र छैन । त्यहाँ पूर्व दरवारका शत्तिशाली हुकुम तन्त्रका नायकहरु र नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाका दलालहरु धेरै छन् । त्यही कारण चक्रपथ सुधार आयोजनाको काम रोकिएको हो ।

ती घरको मुआब्जाका विषयमा छलफल भइरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । योजनाले जिल्ला प्रशासन कार्यालय र काठमाडौँ महानगरपालिकालगायतका निकायसँग छलफल गरिरहेको योजनाका प्रमुख अर्जुन सुवालले जानकारी दिए । उनका अनुसार त्यहाँ रहेका घरमध्ये सात घरको शहरी विकास तथा भवन निर्माण विभागबाट क्षतिपूर्तिको मूल्याङ्कन प्राप्त भएको छ । मूल्याङ्कन भइसकेको घरको मुआब्जा प्रक्रिया अघि बढिरुहदा दलालहरुले घर धनीलाई भढकाइ रहेका छन् । त्यसमा पनि उपध्याका विकाश प्रधिकरणका भ्रष्ट कर्मचारीहरुको मिलेमत्तो रहेको सडक सुधार आयोजनाले बताएको छ । चक्रपथ सडक सुधार परियोजना भित्र परेका १२ घरको घरधनीसँग सम्पर्क हुन नसकेको बताइनु नै राज्य कोशमा लुट चम्काउनु हो । महानगर ३ वडा कार्यालयले ती घरधनीसँग सम्पर्क गर्ने नाममा भू मफीया दलाल परिचालन गरेको देखिन्छ ।

वडाध्यक्षले सम्पर्क गर्दा कतिपय व्यक्ति विदेशमा रहेकाले पनि सम्पर्क हुन नसकेको हो । तर सो वडाका अध्यक्ष आफै भू माफीयाहरुको सम्पर्क शुत्र भएको नेकपा ओली पक्षका इश्वर पोख्रेलहरुको दाबी छ । त्यहाँ दिपक मनाङ्गे, लारकेल लामा जस्ता माफीयाहरुको जगजगी हुदा काग्रेसको गढ चक्रपथ परियोजनामा यस्तो ढिलाइ हुनु आफैमा रहस्य छ । घरहरु चीन सरकारले निर्माण गर्ने सडकको आठ लेनभित्रै भएकाले निर्माण अघि बढाउन समस्या हुनेछ । ती घरहरुमा नक्सा लिएर मूल्याङ्कन गर्ने कि भन्ने छलफल भएको छ । कतिपय घर नक्साभन्दा फरक हुनसक्ने भएकाले त्यहीँ जाँदा मात्रै सही कुरा आउने छ ।

११ दशमलव छ किमी लम्बाइको सडकमध्ये २४४ मिटरमा निर्माणस्थल खाली गराउन नसकिएको योजनाले जनाएको छ । अरू कतिपय संरचना हटाइरहेको भए पनि त्यसले चिनियाँ टोलीलाई निर्माण अघि बढाउन बाधा नपुग्ने बताइएको छ । सो सडकमा विद्युत् प्राधिकरणले तार जमीन मुनि राख्ने काम गरिरहेकामा त्यो मुख्य सडक बाहेकको सहायक सडकमा पर्छ । प्राधिकरणले तार सार्ने काम गत वर्षबाट शुरुआत गरेको थियो । बाँकी स्थानमा पनि ठेक्का सम्झौता भइसकेको छ । मुख्य लेनमा काम भइरहँदा पनि सहायक लेनको काम गर्न सकिन्छ ।

सडक पहिले खाली गराएपछि विस्तृत परियोजना प्रतिवेदन डिपिआर गरेर निर्माणको काम शुरु हुने सडक विभागले जनाएको छ । यसअघि कोटेश्वर–कलङ्की सडक निर्माणका क्रममा विभिन्न अवरोध आएकाले यस सडकको निर्माण शुरु पहिले नै सबै अवरोध हटाएर निर्माण शुरु गरिएको हो ।

अहिले उक्त सडकको अधिकार क्षेत्रमा रहेका रुख काटिएको छ भने झण्डै ४०० पोल सार्ने काम सकिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमार्फत खानेपानीका पाइप सार्ने काम भइ सकेको छ । त्यहाँ महाराज शाखा र बौद्ध शाहाका प्रमुखहरुले लुट्नु लुटेका थिए । उनीहरुको कार्यक्षेत्र भित्र भएको पाइप विस्तार आयोजनामा मनपरि हुदाँ कसैले प्रश्न गरेन । किनकी महाराजगंज शाखाका प्रमुख र महाकाल चौर शाखाका प्रमुखहरु लुटाहाका नायक थिए । यिनीहरुको क्षेत्रमा त्यति खेर विस्तार गरिएका पाइपमा पानी छाड्दा सयौँ ठाउमा चुहावट हुदाँ हुदैँ ठेकदारलाई भुक्तानी दिएर के. यू के यलका महाप्रबन्धक र खानेपानी व्यवस्थापन बोर्ड लिमिटेडका कार्यकारी निर्देशकले चासो नदिनुको कारण छ । सडकको अधिकार क्षेत्रमा घरसँगै अस्थायी टहरालगायत संरचना हटाउनु पहिलो चरणको विस्तारमा जस्तै यो चरणमा पनि समस्या हुन सक्ने देखिएको योजनाले बताएको छ ।

स्वयम्भू, ठूलोभयाङ, महाराजगञ्ज चोकलगायत स्थानमा सडक छेउमा संरचना हटाउनुपर्ने देखिएको छ । कोटेश्वर–कलङ्की सडक निर्माण गरेसँगै चीन सरकारले चक्रपथको दोस्रो खण्डका रुपमा कलङ्की–महाराजगञ्ज सडक विस्तारमा चासो देखाएको थियो । भूकम्प पहिले नै कोटेश्वर–कलङ्की सडक विस्तारको काम शुरु भए पनि भूकम्प र त्यसपछि नाकाबन्दीका कारण समयमै निर्माण सम्पन्न हुन सकेको थिएन । सडकमा रहेका खानेपानीका पाइप, ढल, विद्युत्का पोल र रुख समयमै हटाउन नसकिएकाले पनि काममा बाधा पुगेको थियो ।

सडकमा दुई अन्डर पास’, प्रत्येक किलोमिटरमा आकासे पुल र मुख्य लेनमा बीचमा डिभाइडर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ । सडक निर्माणस्थल खाली गरेर विभागले हस्तान्तरण गरेपछि मात्रै चिनियाँ टोलीले निर्माण शुरु गर्ने बताइएको छ । पहिलो चरणको विस्तार सडकमा रहेको कमीकमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ ।

आठ लेनको सडकमा कोटेश्वर–कलङ्की सडकमा जस्तै मुख्य चार लेन र सहायक चार लेन गरेर जम्मा आठ लेन नै रहनेछ । पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडकलाई सडक चिह्नले मात्रै छुट्याइएकामा यस सडकमा डिभाइडर राखिने भएको छ । पहिलो चरणमा डिभाइडर नहुँदा दुर्घटना भएका गुनासो आएकाले यस खण्डमा राख्न लागिएको हो ।