Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । ७६४९ मतभार रहेको राष्ट्रपतिको निर्वाचनको लागि राजानैतिक क्षेत्रमा शुरु भएको चहलपहलमा छिमेकी देश भारतको मुख्य भूमिका देखिएको छ । भारतका लागि नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल कति पच्य छन् त्यस बारेमा उनको सिफारिस गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली नै जानकार हुनु पर्दछ । तर, यहाँ काँग्रेसले अगाडि सारेका रामचन्द्र पौडेलभन्दा कृष्ण सिटौला र डा. बाबुराम भट्टराईको नाम धेरै चर्चामा छ । बामपन्थी राजनितिका लागि माधव जति सहज छन त्यो रुपमा डा. भट्टराई सहज छ्रैनन् । यहाँ स्थिति बदलियो भने फागुन १२ गते रातको १२ बजेसम्म पनि राष्ट्रपतिका निमित्त काँग्रेका शेर बहादुर देउवा र एमालेका केपी ओलीको नाम प्रस्ताव नहोला भन्न सकिंदैन ।
राजनीतिलाई जुवाको खेलका रुपमा बुझेका विश्लेषकहरुको कुरा सुन्ने हो भने नेपाली धरातलमा दक्षिणको विश्वापात्रले नै राष्ट्रपति पद प्राप्त गर्दछ त्यो बेला अहिले चम्किएको सत्ता गठबन्धनबीचको अविश्वास घट्ने छ । निर्वाचनका निमित्त सघिय संसदहरु, प्रदेश संसदहरु ७५३ स्थानिय निकायका प्रमुख र उपप्रमुख मतदाता रहने छन् । राजनीतिक रुपमा स्थानियतहमा ठूलो पार्टी भएको नेपाली काँग्रेसलाई नेकपा एमालेले राप्रपाको साथमा मात्र होईन केन्द्रमा १९ जना संसद रहेको रास्वपाको साथ लिएर धम्काई रहेको छ । एमाले अध्यक्ष ओलीले आफैवाट भिन्न भएको नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपति पदका लागि अगाडि सारे भने पनि योे टिमसँग सघिय संसदमा १११ संसद रहने छन् । उता नेपाली काँग्रेसले माओवादी, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टीलाई विस्वासमा लिन सक्यो भने १४६ सांसद हुने छन् । स्थानियतहमा पहिलो भएको काँग्रेसले माओवादीको साथ खोजेको कारण यही हो । गणणाका हिसावले काँग्रेस र एमाले दुवै लागि माओवादी निर्णायक शक्ति बनेको छ । यहाँ स्वतन्त्र संसदहरुको रुपमा प्रभु साह, चित्र बहादुर केसी, प्रेम सुवाल, डा.अमरेश कुमार सिंहको पनि भूमिका महत्वपूर्ण हुन्छ । अहिले एमाले ६८, नेकपा एस १०, राप्रपा १४, रास्वपा १९ गरि १११ पुग्छ भने काँग्रेस ८८, माओवादी ३२, जसपा १२, जनमत ६, नागरिक उन्मुक्ति ४, लोसपा ४ गरि १४६ संसद रहेका छन् । रवि लामिछानेको संसद पद खारेज भएको छ भने काँग्रेस र नेकपा एमालेका एक, एक सांसद निलम्वित छन् ।
नेपालको राष्ट्रिय स्वाभिमान र सार्वभौम अखण्डताको चर्को कुरा गर्ने कम्युनिष्ट पार्टीहरुलाई समेत आफ्नो देशको राष्ट्रपति चयन गराउन दक्षिणको साहारा लिनु पर्ने बाध्यता सृजना भएपछि यो मूलुकको स्वाभिमानको रक्षा कसरी हुन्छ । जबकि बाम शक्तिलाई एकिकृत बनाउने अभियानका खम्वा माधव कुमार नेपाललाई दक्षिणले स्विकार गर्छ गर्दैन भन्ने शंका गर्नुपर्ने परिस्थिति पैदा भएको छ । यसको मूल कारण भनेकै बाम शक्ति विभाजित हुनु हो । यो शक्तिलाई एकिकृत गर्ने भने केपी ओली, पुष्प कमल दाहाल, झलनाथ खनाल, वामदेव गौतमले दायाँ बायाँ सोच्नु हुँदैन् ।
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल