Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । सरकारले जिम्मेवारी थपिदिए पनि आवस्यक जनशक्तिका लागि बजेट नदिंदा अर्ध सैनिक बल शसस्त्र प्रहरीको कार्यक्षेत्र भने थपिरहेको छ । यो शक्तिलाई सिमाक्षेत्र सुरक्षाको जिम्मेवारी दिएपछि मूलुकले राजस्व समेत बढाउने अपेक्षा गरिएको छ । शसस्त्र प्रहरीको नेतृत्व समालेको एक वर्षमा संगठनले गरेका नीतिगत कार्यहरुमा सादा पोशाकमा खट्ने शसस्त्र प्रहरीबाट हुने अवान्छित कृयाकलाप रोक्न समेत संगठन सफल भएको दावी गरिएको छ । मिसन छनौट निर्देशिका संसोधन, कमाण्डको लागि सुचि प्रकाशन, कुटनितिक नियोग तथा नेतृत्वसंगको भेटघाट बन्द सुरक्षा बेस वदली निर्देशिका परिमार्जन विदेश तालिम नीति तर्जुमा जस्ता १२ बुदा नीतिगत कार्यहरु भएको बताइन्छ । त्यसैगरी संस्थागत कार्यहरुलाई २६ बुदामा उल्लेख गरेको शसस्त्रले नयाँ मिशनका लागि मालीको तयारी गरिरहेको छ । यो टोलीमा १४० जना छनौट हुने बताइन्छ । सिमा सुरक्षामा जिम्मेवारी पाएपछि भारतसँग १५३, चीनसँग ९ पटक बैठक सम्पन्न गरेको शसस्त्रले संगठनभित्र सुद्धिकरणको अभियान मात्र चलाएको छैन एक ठाउँबाट अर्को ठाउँमा सरुवा हुँदा गुण्टा बोकेर हिंडनु पर्ने परम्परालाई पनि रोकेको छ । सिमाको चोरी तस्करीमा ध्यान दिएको त्यो संगठनले आफ्नै चार्जिङ स्टेशन निर्माण गरी इन्धनको प्रयोगलाई नियन्त्रण गर्न शुरु गरेको बताइन्छ । दैविप्रकोप बाढी पहिरोजस्ता घटनामा उद्धारका लागि पुग्ने शसस्त्रवाट सञ्चालित गोताखोरको सहायताले धेरैको उद्धार गरेको पनि छ । सधै विवादमा आईरहने तल्लो वर्गको कर्मचारी र अधिकृत स्तरको भात भान्सै फरक हुने प्रवृतिलाई हटाई समान बनाइएको छ । सस्थागत रुपमा २६ बुँदामा प्रस्तुत कामहरु वाहेक शसस्त्रले यसपटक २२८ विओपीमा २१ थप गरेको छ । त्यहाँ झापा, बारा, दाङ, बर्दिया, दार्चुला जस्ता जिल्लाहरु परेका छन । संरचनागत काममा शसस्त्रले सिमा सुरक्षा विभागको स्थापना, अस्पतालको बेड बृद्धि, अनुगमन र गुनासो इकाईको स्थापनालाई लिएको छ भने भावी योजनामा सिमा सुरक्षा, सिमा स्तम्भको मर्मत, एच ए, नर्सिङ र ल्याव टेक्निसिएनका विषयहरुको पढाई सञ्चालन गर्ने, कैलाली र सप्तरीमा विपद व्यवस्थापन तालिम केन्द्र, मनाङमा हाई अल्टिच्यूट तालिम सञ्चालन गर्ने, रेलवे सुरक्षा गुल्म स्थापना गर्ने चार पाग्रे सवारी कर्जा उपलब्ध गराउने र सवै प्रदेशमा एपिएफ स्कूल विस्तार गर्ने कुरालाई भावी योजनामा राखेको छ । प्राप्त जानकारी अनुसार २०७७ देखि हालसम्म नेपालको शसस्त्र र भारतको एसएसबीले ६२७ वटा सिमा स्तम्भको मर्मत गरेको जानकारी दिईएको छ । पत्रकार सम्मेलनमा आइजीपी राजु अर्याल एआइजीहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम, बंशी दाहालको सहभागिता थियो भने संयोजन संगठनका प्रवक्ताले गरेका थिए ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल