Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । सम्मान जनक माग नपाए सरकारमा नजाने डा. शेखर पक्षको घुर्किले १०६ दिनमा सातौ पटक विस्तार भएको मन्त्री परिष्दले चैत १७ गते पूर्णता पाएन् । एउटा मन्त्रालय हो भने गतिलो देउ न भन्ने जनमत पार्टीले जनताको सरोकारसँग जोडिएको खानेपानी तथा सर सफाई मन्त्रीको महत्व बुझेन । जसपाका उपेन्द्र यादबलाई जसरी हुन्छ सांसद बन्नु छ । उनले समेत गहकिला ठूला मन्त्रालय रोज्दा शिक्षामा अशोक राईलाई पठाए अर्को एक मन्त्रीमा यादव छान्न सक्ने अवस्था भएन ।
काँग्रेसले उप प्रमसहित रक्षा, अर्थ, शहरी विकास, उद्योग वाणिज्य तथा आपूर्ति लिएर सरकारमा गयो । परराष्ट्र, कानून, स्वास्थ्य, वन, खानेपानी, युवा तथा खेलकुद मन्त्रालय प्रधानमन्त्रीकै साथमा छन् । काम भन्दा दामको बढी चिन्ता लिनेहरुले जनतालाई सेवा दिनु पर्छ भन्ने सोचेनन । काँग्रेसमा आन्तरिक किचलो सधै हुन्छ । यस पटकको कारण डा. शेखर कोईराला बन्न पुगे । उनको तर्फबाट धनराज गुरुङ, सुदीप गिरी, नारायण प्रसाद साउथ, प्रदिप पौडेलसम्मको नाम मन्त्री बन्नेमा छ । तर कोईराल पक्षले सम्मान जनक भन्दै गर्दा संस्थापनसँग खोजेको सम्मान के हो शंका छ ।
सरकारलाई पूर्णता दिलाउनै चार महिना लगाउनेहरुले देश र जनताको सेवा कस्तो गर्लान ? जनता महँगीको चपेटामा परेका छन् । सरकारले पूर्णता नपाउँदा थुप्रै काम रोकीएर कर्मचारीले मौका पाएका छन् । राष्ट्रको सर्वोपरिता प्रमुख एजेण्डा हो । आज राष्ट्रियता खतरामा छ । तर दलहरुको ध्यान कुर्सी र पदमा छ । वेथितिको चाङले सिहदरवारमा दूर्गन्ध छ । कम्युनिष्टहरु सत्ताका लागि रमाउछन तर भाँती पूरा गर्न सक्दैनन । केपी ओलीले थुपारेको फोहोर अझ सफा भएको छैन ।
माओवादीलाई सत्ताको रहर मात्र हो । रेखा शमा, सुदन किराँती, अमनलाल मोदी मन्त्री भए । कुरा चर्का गरे तर नारायणकाजी श्रेष्ठले जस्तो काम देखाएनन् । सरकार छ भन्ने सन्देश समेत दिएको छैन । मुखले सवैले भाषण राम्रा गर्ने काममा ध्यान नदिने शैली लोकतन्त्रको गहना बन्दै छ । देशले कसरी परिवर्तन स्थापित गर्दैछ ? विदेशी तत्व जूर्मूराउनु नौलो होईन । यही बेला उपचुनाव आएको छ । वारा २, तनँहु १, चितवन २ को रौनक बढ्दै छ । रास्वपाले तीन क्षेत्रका लागि उम्मेदवार छनौट गरिसक्यो । काँग्रेसले चितवन र तनँहुमा खटायो वारा २ मा निर्णय गरेको छैन । पद पाउँदा केही नगर्ने मन्त्रीका लागि विवाद गर्ने दरिद्र स्वभाव दलहरुको छ । पाए सम्म जसपा नेकपा एकिकृत र नेपाली काँग्रेसले सवै मन्त्रालय पाएपनि चित्त बुझ्ने अवस्था छैन । राजनीतिमा त्याग र निष्ठा रहेन । स्वार्थको खेती गरेर व्यवस्थाको वदनाम गर्ने चरित्रले निराशा बढाएका छन् ।
देशको विकास प्रमुख एजेण्डा बन्नु पथ्र्यो । काँग्रेस अरुलाई भन्छ आफ्नो चरित्र सुर्धान चाहादैन रहेछ भन्ने कुरा डा. शेखर कोईरालाको समूहले देखाएको लिच्चड पद नै विपक्षीको कुरा काटने निहु वन्दैछ ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल