Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अंरिगाल र छौडाले पाए काम !

हिजो त्यही एमालेका लक्ष उद्देश्य र कार्यक्रम जनमुखी थिए । गास, बास, कपास, शिक्षा र रोजगारका कुरा ओली शासनले त्याग्यो । लोकतन्त्रको आवरणमा एकाधिकारवादलाई स्थान दिन दोस्रो कार्यकालको शुरुवातको बजेट जनमुखी आएन । राज्य दोहन कसरी गर्ने गुटको हित र लुटको जीत कसरी पूरा गर्ने भन्ने मै ओली रहे । उनको चरित्र र व्यवहार कम्युनिष्ट मुखी त भएन सामाजिक सुधारका कार्यक्रम समेत ल्याइएन । काँग्रेसले शुरु गरेको आर्थिक उदाहरणीयकरणलाई प्रयोग गरेर मनमोहनले ल्याएको सामाजिक सुरक्षा भत्ता बढाउने र गाँउलाई बजेट दिलाउने जनप्रतिनिधिलाई ठेक्का पट्टा कब्जा गरेर राष्ट्रको ढुकुटी दोहन गर्दा एमालेको विकास भयो देशको राजस्वमा लुट ।

विचार बिहिन राजनीति चलाएर आँफू बाहेक कसैलाई नगन्ने ओलीको शैली भयो । त्यहाँ कानून छ ख्याल गरिएन नीति विधि प्रकृया छन् कार्यन्वयन भएन । कमरेडबाट वा सांस्कृतिक पुजन गोकूल र महेशहरुले गौरवशाली अपहरण र भ्रष्टाचार शुरु गरे । इश्वरहरुको मुल लक्ष नै सम्पत्ति संकलन भयो । कुनै अनुभव नभएपनि सत्ताको आडमा ओलीको कृपामा ओम्नी र हुकाम कम्पनीहरु छट्टाए । आफैले टेकेको जमिन बिर्सिएका तीनै केपी ओलीले पार्टी जोगाएनन् सरकार जोगिएन । देशको आर्थिक विकृतिले कम्युनिष्ट शासनको परिचय दियो । अब छौडा र अरिगालको काम नेकपा समाजवादीको फेसबुके प्रहार हुनेछ जनतासँग जोडिने होइन ।

समाज रुपान्तरणका कुरा भाषणमा आए व्यवहारमा भएन हिजो जनवादी शिक्षा र स्वास्थ्य रोजगारी गासबास कपासका कुरा ओली कालका एजेण्डा भएनन् । तीनमा राजनीति प्रतिबद्दता र निष्ठा थिएन सुधारका कुराको अर्थै भएन । जो असक्षम छ उसैलाई संस्था जिम्मा लगाउने र जनताले पाएको सेवा र सुविधा खोस्न सम्मका काम नेकपाको नाउमा भए । जनताले झण्डै दुई तिहाई मत दिलाएको पार्टीलाई छिन्न भिन्न पार्ने काम ओली शासनले गर्याे । नारा सुन्य सहनशीलताको भए काम भक्षण गर्नेमा । राज्यको राजस्व खर्चमा मनपरी गर्दा जनतासँग जोडिएका कुनै पनि योजना संस्थागत रुपमा आएनन् । ओली शासनका योजना पार्टीसँग जोडिएर आएनन् । पार्टीको सम्बन्ध र कार्यक्रमले कत्तै ठाँउ पाएन । तर ओलीका छौडा र अरिगाँलहरुले देशको विकासमा कायपलट आयो भनेकै थिए । उनीहरुको कार्यपलट महालेखा प्रतिवेदनले औल्याएको बेरुजू नै भयो । यो बेरुजू विकासको लहर हो भन्न सक्छन् ।

ओलीगुटको राज्य सञ्चालन विस्थापन जरुरी थियो । उनको चरित्रले उनी अल्पमतमा थिए । तर उनका विचौलिया पार्टीको लक्ष उद्देश्य पूरा गर्न चुनाव चिन्ह सूर्यलाई ट्रेडमार्क बनाए । सिद्दान्तका कुरा छैन कार्यक्रमको चिन्ता भएन । संगठनलाई लुट्ने साधन बनाए । सकेसम्म सबैतिर अरुलाई छेक्न गुण्डागर्दी लुटपाट र अपहरण गर्ने सम्म एमालेको ट्रेडमार्कमा भए । जब त्यो संगठन सिद्दान्त र व्यवहारबाट च्यूत हुन्छ त्यहाँ सिद्दान्तको हत्या हुन्छ । नेकपाको निम्ति ओलीकाल अन्धकारमै बित्यो । जसले विकास थेग्न नसक्ने गरी भएको बताए । उनीहरु यति र ओम्नीबाट पुष्टीएका हुन भन्दा फरक पर्दैन । जहाँ सिद्दान्त र विचार त्यागिन्छ त्यहाँ पार्टी छिया छिया हुन्छ । छिमेकी भारतको काँग्रेस आई र माक्र्सवादी यसका उदाहरण हुन् । तर नेपालका दललाई चासो छैन ।

नेपालमा कम्युनिष्टहरु सफल नहुनु भनेको प्रगतिशील योजना कार्यन्वयन नगर्नु हो । ओलीका कुराले आशा धेरै देखाएको थियो । भ्रष्टाचार नियन्त्रण र शुशासन मात्र कार्यन्वयन भएको भए विश्वासको आधार बन्थ्यो । तर प्रमपदमा हुँदा केपि ओलीले पार्टीलाई छोडे नेताको हुर्मत लिए । विपक्षी प्रति असिष्टता दर्शाए, कानूनको धज्जी उडाएर ओली शासन अदालती फैसलामाथि जंगेपिलर भयो । ओलीलाई जनताको सरोकार भएन । नेपाल ट्रष्टको सम्पत्ति तस्कर समूहलाई दिलाउने बायुसेवाको व्यापार हिमालय एयरलाई सुम्पने ओलीको उदारताले सबैतिर तहसनहस बनायो । अहिले पार्टी फुट्यो एकता टुट्यो ।