Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अंशु सदाको १ लाकको कारण हत्या गरियो

विराटनगर । फिरौती रकम नदिंँदा विराटनगरमा एक युवकको हत्या भएको छ । विराटनगरस्थित बसपार्कको एक होटलमा सिरहा गोलबजार घर भएका १८ वर्षे अंशु सदाको हत्या भएको हो ।

उनलाई अपहरण गरेर विराटनगर ल्याई स्थानीय न्यू अप्सरा गेष्ट हाउसमा हत्या भएको प्रहरीले जनाएको छ । कोठा नम्बर १ मा हत्या गरेको प्रहरीले जनाएको छ । असोज २३ गतेदेखि अपहरण गरेरे उक्त गेष्ट हाउसमा राखिएको अनुसन्धानबाट खुल्न आएको मोरङ प्रहरीले जानकारी दिएको छ ।

एक लाख रुपैयाँ फिरौती नदिँदा उनको हत्या भएको मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताएका छन् ।

सदा सामान्य किसान परिवारका हुन् । उनको असोज २७ गते बेलुका हत्या भएको एसपी कोइरालाले बताए । उनको शव गेस्टहाउसको बक्सपलङभित्र फेला परेको थियो ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको विष्णु मण्डल, राजेश ठाकुर र विराटनगरका मनोज कार्की छन् ।