Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अक्षयको पारिश्रमिक १३५ करोड

बलिउड अभिनेता अक्षय कुमार बलिउडको ‘हिट मेसिन’ मानिन्छन् । सन् २०१९ मा अक्षयको फिल्मले बक्सअफिसमा ७ सय करोडको व्यापार गरेको थियो । त्यसपछि उनी बलिउडमा सर्वाधिक पारिश्रमिक लिने अभिनेता बने । अक्षय बलिउडका एक्ला अभिनेता हुन्, जसको नाम सन् २०२० को फोब्र्स सूचीमा परेको थियो । यिनै अक्षयले एकपटक पुनः आफ्नो पारिश्रमिक बढाएका छन् । अक्षय हरेक फिल्मबाट १ सय २० करोड पारिश्रमिक लिन्थे, तर अब उनले १ सय ३५ करोड लिने भएका छन् । अक्षय जोडिएका प्रायः सबै फिल्म हिट भएपछि उनले पारिश्रमिक बढाएका हुन् ।
बलिउडका निर्देशकहरु अक्षयको नामसँग जोडिएको फिल्महरु कमै मात्र फ्लप भएको बताउछन् । त्यहीकारण पनि निर्माता र निर्देशकहरु उनीसँग काम गर्न मरिहत्ते गर्छन् । सन् २०२१ मा अक्षयका कैयौं फिल्म रिलिजको तयारीमा छन् । यो वर्ष उनको ‘सूर्यवंशी’, ‘राम सेतू’, ‘रक्षा–बंधन’, ‘बेल बटन’, ‘पृथवीराज चौहान’, ‘अतरंगी रे’, ‘बच्चन पाण्डे’ लगायतका फिल्म रिलिज हुँदैछन् ।