Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अखिल क्रान्तिकारीले दियो सरकारलाई चेतावनी

काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएकोप्रति उक्त संगठनका महासचिव दिपेश पुनले विरोध गरेका छन्। विभिन्न मुद्दाका नाममा जनयुद्धका योद्धाहरुलाई तर्साउन खोजिएको भन्दै पुनले सामाजिक सञ्जालमार्फत् त्यसलाई सहेर नबस्ने चेतावनी दिएका छन्। १५ वर्षअघि कालिकोटमा भएको एउटा हत्याको घटनामा पञ्चा सिंहसहित ६ जना विरूद्ध शुक्रबार जिल्ला अदालत सुर्खेतले पक्राउ पुर्जी जारी गरेको छ। २०६५ फागुन २६ गते कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या भएको थियो। मल्लको हत्या अभियोगमा ६ जनाविरूद्ध किटानी जाहेरी दर्ता भएको थियो। किटानी जाहेरी परेका पदमबहादुर रावत, पञ्चा सिंह, बालकृष्ण सिंह, टंकबहादुर सिंह, वीरबहादुर मल्ल र अली कार्कीविरूद्ध पक्राउ पुर्जी जारी भएपछि अखिल क्रान्तिकारीका नेताहरुले बिरोध गरेका छन्।


सम्बन्धित समाचार