Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अख्तियारबाट चोख्याएर फेरि गोकुललाई फेरि मन्त्री ?

काठमाडौं । सेक्युरिटी प्रेस खरिद प्रक्रियामा ७० करोड घुस मागेको अडियो सार्वजनिक भएपछि मन्त्री पदबाट खुस्किएका नेकपाका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र गोकुल बास्कोटालाई अख्तियारबाट चोख्याएर फेरि मन्त्री बनाउन लागेको आरो, प्रतिनिधिसभा सदस्य तथा संघीय सदंसदको सार्वजनिक लेखा समितिका सभापति भरतकुमार साहले लगाएका छन् ।

सरकार नै एकपक्षीय बन्दा भ्रष्टाचारमा मुछिएकाहरु कारबाहीमा नपरेको उनले बताएका छन् । उनले प्रधानमन्त्री केपी ओलीले नै घुस प्रकरणमा मुछिएका गोकुल बाँस्कोटालाई अख्तियारबाट सफाइ दिलाएर मन्त्री बनाउन दबाब दिएको दावी गरे । रिपोर्टर्स क्लव लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सााहले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली नै भ्रष्टाचारीको संरक्षणमा लागेका छन्, गोकुल बाँस्कोटाको कारबाही रोकेर अख्तियारबाट सफाइ दिलाएर मन्त्री बनाउन ओलीले नै दबाब दिएका छन् ।

सरकारले अरुलाई काम गर्न दिँदैन, सरकारसँग पैसा,शक्ति,पुलिस आर्मी,प्रशासन छ, नियुक्ति पनि त्यहीँबाट हुने भएकाले दबाब दिएपछि कसरी कारबाही हुन्छ ?’ सरकारले संसारभरको लोकतन्त्रको मूल्य र मान्यता बिर्सिएको उनले आरोप लगाए । सरकारको ध्यान भ्रष्टाचार गर्ने बाहेक अरु नदेखिएको भन्दै सभापति साहले अहिलेको नेकपाको आन्तरिक किचलो पनि भ्रष्टाचारकै सवाल भएको आरोप लगाए ।

साहले नेकपाभित्रको आन्तरिक द्वन्द्व र सरकारको भ्रष्टचारका कारण देश बर्बादीको दिशामा गएको समेत धारणा राखे । नेकपाका लफडा राष्ट्रिय मुद्दामा नभएको उनको दावी थियो । कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका साहले नेकपाले ५ वर्ष जनताको म्यान्डेड पाएको हुँदा नेपाली कांग्रेसले सत्ता साझेदारी नचाहेको बताए ।

उनले नेकपा नफुटोस् भनेर कामना समेत गरे । प्रदेशको राजधानी बुटवलबाट सार्न नेकपा महासचिब बिष्णु पौडेलले मौन समर्थन गरेको भन्दै साहले तर फेरि अहिले पौडेलले बुटवलमा खुुद्रा विकासे आयोजना देखाएर जनतालाई ललीपप देखाएको आरोप लगाए ।


सम्बन्धित समाचार