Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अख्तियार प्रमुखसहित ४१ जनालाई कोरोन, ३५० को रिपोर्ट आउनै बाँकी

काठमाडौँ । कोरोनाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा आतंकै फैलाएको छ । आयोगका प्रमुख आयुक्त नवीन घिमिरे समेत कोरोना संक्रमित भएका छन् । मंगलबार घिमिरेलाई कोरोना पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का एक कर्मचारीले बताएका छन् । उनी संक्रमण देखिएका पहिलो उच्च अधिकारी हुन् । हालसम्म अख्तियारमा प्रमुख आयुक्त घिमिरेसहित ४१ कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ । अख्तियारका ३ सय ५० जनाको स्वाब परीक्षणका लागि पठाइए पनि उनीहरूको रिपोर्ट आउन बाँकी छ ।