Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अटेर गरे कारबाही गर्ने चेतावनी

काठमाडौं । सरकारले लकडाउनको समायावधि सात दिन थपेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ७ दिन लकडाउन बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए । यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडान कम्तिमा एक हप्ता बढाउन गरेको प्रस्तावमा मन्त्रीपरिषद्ले अनुमोदन गरेको हो । तर लगडाउनको अवधि चैत्र २५ गते राति १२ बजेसम्म कायम रहने बताइएको छ ।
काठमाडौंमै एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । तर लकडाउनपछि पनि अरु तीन जना कोरोना संक्रमण देखिएपछि सरकारले लकडाउन अझ बढाउने निर्णय गरेको हो ।
यो अवधिमा अत्यावश्यक बाहेकका काममा हिडे संक्रामक रोग नियन्त्रण ऐन र स्थानीय प्रशासन ऐन अनुसार कारबाही गर्ने सरकारले चेतावनी दिएको छ ।


सम्बन्धित समाचार