Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अदालतको आदेशप्रति पलको असहमति, यस्तो छ अबको बाटो

काठमाडौं । तनहुँ जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्ध अभिनेता पल शाह पुनरावेदनमा जाने भएका छन् । दुई(तीन दिनभित्रै उच्च अदालत पोखरामा पुनरावेदन गरिने पलका वकिल कमलामोहन वाग्लेले बताए । जिल्ला अदालतले हिजो पललाई पुर्पक्षका लागि थुनामा पठाउने र अर्का प्रतिवादी कृष्ण जोशीलाई १ लाख धरौटीमा छोड्ने आदेश दिएको थियो । उक्त आदेशमा पल शाह पक्ष सन्तुष्ट छैन । अधिवक्ता वाग्लेका अनुसार कृष्ण जोशीको हकमा अदालतको आदेश स्वीकार्दै पुर्पक्ष प्रक्रिया अगाडि बढ्ने छ भने पलको मुद्दामा पुनरावेदन गरिनेछ । ‘फौजदारी कार्यविधि संहिताको दफा ७३ बमोजिम निवेदन लिएर पुनरावेदनमा जाने तयारी गर्दैछौं,’ उनले भने ।
अदालतले प्रतिवादीलाई थुनामा राख्न चाहिने तथ्य प्रमाण मुद्दाको मिसिलमा नरहेको वाग्लेले दावी गरे । अदालतको आदेशप्रति उनको असहमतिका विषयहरू यस्ता छन् ‘अदालतले पल शाहलाई थुनामा राख्ने भनेर दिएको आदेशमा हामी सन्तुष्ट छैनौं । पहिलो कुरा, पीडित भनिएकी ‘व्यास १२’ (प्रहरीले दिएको नाम) ले जिल्ला स्वास्थ्य कार्यालय वा अस्पतालमा दिएको व्यहोरा र प्रहरीमा गरेको व्यहोरा नै फरक छ । अस्पतालमा उनले स्खलन पर्दामा गराएको भनेकी थिइन् । तर, प्रहरीमा बयान दिँदा यौनीमा नै गराएको बताएकी छन् । यसमा विरोधाभास छ ।
वैशाख १४, २०७८ को बेलुका ११ः५० मा घटना भएको भनिएको छ । तर, त्यसको भोलिपल्ट बिहानै ‘व्यास १२’ कोरिबाटी चिटिक्क परेर लुगा लगाएर पल शाहसँगै ढोलबाराही मन्दिरमा दर्शन गर्न गएको देखिन्छ । यो पनि स्वाभाविक छैन । राति बलात्कार भएको हो भने भोलिपल्ट बिहान हारगुहार गरेर प्रहरीमा जानुपर्ने । तर, दिनभरि उनी सुटिङमा सहभागी भएकी छन् । काठमाडौं पनि सँगै गएको र तत्कालै कतै उजुरी नगरिएको अवस्था छ । अहिले ९ महिनापछि आएर उजुरी गर्नु अविश्वसनीय हो । घटना भएको भनिएको घरमा एउटा परिवार बसेका छन् । बलात्कार भएको थियो भने पीडितले त्यो परिवारसँग राति नै हारगुहार गरिएको हुनुपर्‍थ्यो । त्यो अवस्था पनि छैन । उनले अलग(अलग कोठामा सुतेको स्वीकार गरेकी छन् । कमल क्षेत्रीले पनि पल आफूसँगै सुतेको बताएका छन् । आफू पहिले सुत्न गएको र पल पछि आएको उनको बयान छ । यसले पति गायिका र पल सँगै नसुतेको देखिन्छ ।
जहाँसम्म पलले गायिकाको कोठामा गएको स्वीकारे भनि आएको समाचार छ, त्यो भनेको प्रहरीमा दिएको बयान हो । प्रहरी हिरासतभित्र दबाबमा परेर दिएको बयानमा यथार्थ अभिव्यक्त हुँदैन । पलले अदालतमा नै आफूलाई दबाबमा पारेर इच्छाविपरीत कागज गराइएको बताएका छन् । उनले कोठामा गएको भनेर अदालतमा स्वीकार नै गरेका छैनन् । गायिका सुतेको कोठामा भित्रबाट चुकुल लगाएको भनेर भनिएको छ । त्यसो हो भने मध्यराति किन खोलिन् त ढोका, यसको स्पष्ट जवाफ छैन ।
अडिओका प्रसंगमा पनि बदमासी भएको छ । सार्वजनिक भएको अडिओमा धेरै कुरा सम्पादन भएको पलले बताएका छन् । पलले अगाडि र पछाडि बोलेका कुराहरु जोडजाड गरेर नराम्रो हिसाबले प्रस्तुत गरिएको छ । समग्रमा पलको विरुद्ध पूरै साजिस गरिएको छ भन्ने हामीलाई लाग्छ । अदालतले यसलाई राम्ररी मनन गर्न सकेन । हामी एक(दुई दिनमै पुनरावेदनमा जानेछौं । पोखरा उच्च अदालतबाट न्याय मिल्ने आशा छ ।


सम्बन्धित समाचार