Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अधिवेशन स्थगित गर्दै निर्वाचन संयोजकले जिल्ला छाडे, सुनिल थापा जिल्लामै कमजोर

धनकुटा । काँग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने चर्चा चलाएका पूर्व पञ्च सूर्यबहादुर छोराका पुत्र नयाँ काँग्रेस सुनिल थापाले धनकुटामा भाँडभैलो मच्चाएका छन् । आफ्नो पक्ष जिल्लामै पराजित हुने अवस्था आएपछि उनले यस्तो हर्कत देखाएका हुन् । नेपाली काँग्रेस धनकुटा जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित गरिएको छ । यसअघि एकपटक स्थगित भइसकेको जिल्ला अधिवेशन मंगलबार बोलाइएको थियो । अधिवेशनमा सहभागी हुन सबै प्रतिनिधिहरु भेला भइसकेपछि अचानक अधिवेशन स्थगित गरिएपछि काँग्रेसका अधिकांश कार्यकर्ताहरु आक्रोशित बनेका छन् । राप्रपाबाट काँग्रेस प्रवेश गरी सभापति शेरबहादुर देउवबाट सहमहामन्त्रीमा मनोनित गरिएका सुनिलबहादुर थापाले आफ्ना प्यानल नजित्ने अवस्था आएपछि सभापति देउलाई हस्तक्षेप गर्न लगाई अधिवेशन स्थगित गरेको सभापतिका प्रत्यासी कमोटकुमार फागो पक्षले आरोप लगाएको छ । आमन्त्रिक केन्द्रीय सदस्य मनोहर नारायण श्रेष्ठ र थापा पक्षका उम्मेदवार जित्ने अवस्था नबनेपछि दिउँसो अचानक निर्वाचन समितिमार्फत् अधिवेशन स्थगित भएको सूचना जारी गरेका थिए । इतिहासमै पहिलो पटक धनकुटाले सहमहामन्त्री पाएको र उनै सहमहामन्त्री थापाको गैर जिम्मेवार कदमले पार्टीमा लोकतान्त्रिक अभ्यास हुन नदिएको भन्दै सो कार्य अविलम्ब नसच्याए संस्थापत पक्ष विरुद्ध आन्दोलनमा जानेबारे छलफल भइरहेको पार्टीका निवर्तमान क्षेत्रीय सभापति एवं काँग्रेस नेतृ इन्दिरा थापाले बताउनुभयो । उहाँका अनुसार, आजै तत्काल मीति तोक्नका लागि दबावदिने उद्देश्यले काँग्रेसका स्थानीय नेताहरु सहमहामन्त्री थापाकोमा डेलिकेशन जाने तयारीमा छन् । पार्टीको जिल्ला सभापतिका लागि कोइराला समूहबाट कमोटकुमार फागो मैदानमा उत्रिएका छन् । उनी डा. शेखर कोइराला निकट रहेको र यसअघि सभापति पदमा झिनो मतले पराजित भएका थिए । नेतृ थापाले भनिन्, हाम्रो उम्मेदवारले जित्ने अवस्था आएपछि अलोकतान्त्रिक विधिबाट अधिवेशन स्थगित गरियो यो घटनाको जति विरोध र भत्र्सना गरे पनि कमै हुन्छ । फागोलाई पूर्व सभापति हरिकुमार राई, काँग्रेसका स्थानीय नेताहरु लोकेन्द्रकुमार श्रेष्ठलगायतका नेताहरुको समर्थन छ । स्रोतकाअनुसार सिटौला समूह पनि फागोकै पक्षमा रहेको छ । काँग्रेसका जिल्ला नेता लोकेन्द्र श्रेष्ठले अधिवेशन स्थगित गर्नु जस्तो लाजमर्दो विषय अर्को नभएको र संस्थापन पक्षको पराजित मानसिकताकै कारण पार्टी लोकतान्त्रिक अभ्यासमा जानबाट बञ्जित गराउन नहुने कुरामा जोड दिनुभयो । अलोकतान्त्रिक निर्णयविरुद्ध जस्तोसुकै कदम चाल्न आफूहरु तयार रहेको बताउनुभयो । स्रोतकाअनुसार निर्वाचन समितिका संयोजकले अधिवेशन स्थगित हिजै जिल्ला छाडेर विराटनगर पुगिसकेका छन् । अधिवेशन स्थगित भएपछि सभापतिका प्रत्यासी फागो पक्षले जारी गरेको विक्षतिमा भनिएको छ,