Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अध्यक्ष ओलीलाई भाइरल ज्वरो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। भाइरल ज्वरोका कारण ओलीको स्वास्थ्यमा समस्या आएको हो। ज्वरोका कारण उनलाई अहिले चिकित्सकहरुको सल्लाहअनुसार एन्टिबायोटिक औषधि दिइएको छ। उनी अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन्।
भाइरल ज्वरोका कारण ओली वैशाख १० मा हुने उपनिर्वाचनअघि चितवन, तनहुँ र बारा जाने अनिश्चित भएको छ। भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ। अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु, उनले आइतवार भनेका छन्, तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो। तर, ती कार्यक्रमहरुमा सहभागी हुन सकिरहेको छैन। उनले तनहुँ–१ मा सर्वेन्द्र खनाल, चितवन–२ मा रामप्रसाद न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई एमालेले उम्मेदवार बनाएको बताउँदै उनीहरु जनप्रतिनिधि हुन योग्यन रहेको पनि बताएका छन्। ‌ओलीले आइतवार सामाजिक सञ्जालबाटै उनीहरु तीनैजनालाई विजयी गराउन पनि मतदातालाई अपील गरेका छन्। स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा म तपाईंहरुलाई भेट्न आउने नै छु, उनले भनेका छन्, तीनैजना उम्मेदवाारहरुलाई विजयको हार्दिक शुभकामना व्यक्त गर्दछु।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल