Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अध्यक्ष ओलीले छान्दैछन् उम्मेदवार

काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनका लागि उम्मेदवार चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। बिहीबार ओली निवास बालकोटमा अबेर रातिसम्म चलेको सचिवालय बैठकले उम्मेदवार चयन गर्ने अधिकार अध्यक्ष ओलीलाई दिने निर्णय गरेको हो। सम्बन्धित कमिटी र नेताहरूसँग आवश्यक परामर्श गरेर उम्मेदवार चयन गर्ने निर्णय भएको एक पदाधिकारीले बताए। अबेर रातिसम्म चलेको बैठकले आगामी निर्वाचनका लागि उम्मेदवारबारे ठोस भने निर्णय गरेन्। सचिव पद्मा अर्यालले छलफल भए पनि निर्णय नभएको जानकारी दिइन्। आगामी निर्वाचनमा एमालेले लोसपा, राप्रपालगायतका दलहरूसँग तालमेलका लागि छलफलमा छ। ती दलहरूसँग तालमेलबारे अन्तिम निर्णय हुन बाँकी रहेकाले पनि उम्मेदवार तत्काल उम्मेदवारको टुंगो नलगाइएको बताइएको छ। सचिवालय बैठकले सम्बन्धित कमिटीसँग परामर्श गरेर उम्मेदवारबारे निर्णय लिने जिम्मा अध्यक्ष ओलीलाई दिएको छ।