Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आफ्नै भजन मण्डलीमा रमाउन चाहने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि प्रश्न उठाउने पार्टीका नेता कमै छन् । जसले प्रश्न उठाउँछ उसको हालत के हुन्छ भन्ने कुरा विगतले देखाइसकेको छ । माओवादीका उपमहासचिव जनार्दन शर्माले स्थायी समिति बैठकमा पेस गरेको १२ पृष्ठको प्रस्तावले सो पार्टीमा तरंग पैदा गरेको छ। आफ्ना प्रस्ताव सम्बोधन गराउन शर्मा डटेर लाग्ने तयारीमा छन्। शर्माले आफ्ना आन्तरिक र व्यक्तिगत विषय बाहिर सार्वजनिक गरेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने असन्तुष्ट बनेका छन्। तत्काल विशेष महाधिवेशनको मिति तोक्नुपर्ने, नेतृत्व हस्तान्तरणको आधार बनाउनुपर्ने लगायतका माग राख्दै शर्माले साउन २६ गते स्थायी समिति बैठकमा लिखित प्रस्ताव राखेका थिए। उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न सुझाएका छन्। उनको प्रस्तावले अध्यक्ष प्रचण्ड स्तब्ध बनेको एक पदाधिकारीले बताए। शर्माले गर्न नहुने काम गरेको उनको दाबी छ। नबोल्नुपर्ने बोल्नुभयो, माओवादीप्रति आम जनतामा सकारात्मक धारणा बनिरहेको बेला पार्टीभित्र हुँदै नभएको विवाद छ भन्ने सन्देश तल्लो पंक्तिलाई दिन खोज्नुभयो, प्रचण्डनिकट ती नेताले भने, माओवादीप्रतिको सहानुभूतिलाई सेबोटेज गरियो। यो ठिक भएन। शर्मालाई प्रयोग गरेर पार्टीमा बाहिरी शक्तिले खेल्न खोजेको उनीहरूको आशंका छ।
उपमहासचिव शर्मानिकट नेताहरू भने अध्यक्ष प्रचण्डबाट लगाइने आरोपबारे आफूहरू जानकार रहेको भन्दै पार्टीभित्र एजेन्डा स्थापित गर्न लड्ने बताउँछन्। उहाँको विरुद्ध प्रचार गराउने, उहाँ विदेशीको प्रभावमा परेको छ भन्ने र हल्ला गर्ने काम सुरु हुन्छ,’ शर्मानिकट एक नेताले सुनाए, ‘उनीहरू पार्टीबाट निकाल्ने वातावरण बनाउन खोजिरहेका छन्, शर्मालाई निकालेपछि अध्यक्षलाई टक्कर दिने मान्छे छैन हुँदैन नि त। उनीहरूको त्यो रणनीति असफल पार्ने हो। पार्टी निर्माण, चुस्त संगठन र महाधिवेशनमा प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने विषय शर्माको मुख्य एजेन्डा भएको उनी बताउँछन्। ‘कार्यकर्ताको प्रत्यक्ष गोप्य मतदानबाट चुनिएर नेतृत्व आउनुपर्यो भन्ने मुख्य एजेन्डा हो,’ शर्मानिकट एक नेताले बताए । साउन २९ गते स्थायी समितिको बैठक सकिएलगत्तै शर्माले आफू निकटका नेतासँग छलफल गरिसकेका छन्। प्रचण्डबाट आफ्ना माग सम्बोधन हुने सम्भावना कमजोर देखेपछि उपमहासचिव शर्मा पार्टीभित्र खरो रूपमा प्रस्तुत हुन थालेको उनीनिकट नेताको दाबी छ। अध्यक्ष प्रचण्डले पार्टी छोड्न बाध्य पार्नेसम्मका हर्कत गर्नसक्ने भएकोले दह्रोसँग उभिन शर्मा तयार भएर बसेको ती नेता दाबी गर्छन्। पार्टीको पदाधिकारी, स्थायी समितिका धेरैजसो नेताहरू प्रचण्डको अगाडि बोल्न नसकेको शर्माको विश्लेषण छ। तर, प्रचण्ड उपमहासचिव शर्माविरुद्ध तत्काल केही निर्णय गरिहाल्ने योजनामा नरहेको उनीनिकट नेताहरू बताउँछन्।
२०८२ चैत्र २
ताजा नेपाल
२०८२ चैत्र २
ताजा नेपाल
२०८२ चैत्र २
ताजा नेपाल