Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अनमोलको क्याप्टेन अब युटुबमा (भिडियोसहित)

नायक अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ युटुबमा रिलिज गरिएको छ । ओएसआर डिजिटल नामक युटुब च्यानलबाट यो चलचित्र आज सार्वजनिक भएको हो । यो चलचित्र करिब २ बर्ष अगाडि हलमा रिलिज भएको थियो । हलमा औषत व्यापार गरेको यो चलचित्रले युटुबमा राम्रो दर्शक पाइरहेको छ । सार्वजनिक भएको ४ घन्टामा १ लाख भन्दा बढी भ्यूज पाएको चलचित्रलाई दर्शकले रुचाएका छन् ।

भूवन केसीको लगानीमा तयार भएको यो चलचित्रलाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् । चलचित्रमा अनमोल केसी, उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, प्रशान्त ताम्राकार लगायतका कलाकारको अभिनय छ । फुटबलको कथालाई उठान गरेको यो चलचित्रमा नायक अनमोल केसी फुटबलरको भूमिकामा देखिएका छन् । यही चलचित्रबाट नायिका उपासना सिंह ठकुरी चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । केही साता अगाडि नायक अनमोल केसी अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ पनि युटुबमा रिलिज भएको थियो । यो चलचित्रले युटुबमा नयाँ रेकर्ड राखेको थियो ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल