Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अनमोलको जोडी जसिता

अनमोल केसीको मुख्य भूमिका रहने नयाँ चलचित्र फिल्म एन्टी हिरोमा लिलिबिली गर्ल जसिता गुरुङले प्रमुख भूमिका पाउने भएकी छिन् । अभिनेता प्रदीप खड्कासँग लिलिबिली र लभ स्टेशन गरि दुई फिल्ममा काम गरिसकेकी उनले अब अनमोलसँग स्क्रिम सेयर गर्ने भएकी हुन् । केही दिनयता निर्माता तथा अभिनेता भुवन केसी फिल्मका लागि अभिनेत्रीको खोजीमा थिए । उनको नजरमा दुई अभिनेत्री थिए, साम्राज्ञी आरएल शाह र जसिता गुरुङ । साम्राज्ञीसँग खासै राम्रो सम्बन्ध नभएका कारण उनले जसितालाई प्रस्ताव गरेको हुन् । तिहारपछि छायांकन सुरु हुने फिल्ममा अभिनेता भुवनले पनि अभिनय गर्दैछन् । फिल्ममा उनी नेगेटिभ रोलमा देखिँदैछन् । पहिलो पटक अनमोल र भुवनले एकसाथ फिल्ममा अभिनय गर्न लागेका हुन् । फिल्मका लागि निर्देशकको अझै टुंगो लागेको छैन । सम्भवतः भुवन स्वयंले फिल्मको निर्देशन गर्नेछन् ।

एक्सन–लभस्टोरी जनरामा निर्माण हुने फिल्मका लागि अहिले अनमोल शरीर सुंगठित बनाउन जिममा पसिना बगाइरहेका छन् । फिल्म ‘कृ’ पछि उनी फेरि एकपटक ‘एन्टी हिरो’ मा एक्सन अवतारमा प्रस्तुत हुँदैछन् । फिल्ममा उनको चकलेटी लुक्स पनि देख्न पाइने बताइएको छ । फ्लोरमा नजाँदै लगानी उठाइसकेको यो फिल्मको अहिले स्क्रिप्टलाई फाइनल गर्ने काम भइरहेको छ ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल