Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अन्तिम समयमा प्रमको हारगुहार

काठमाडौं । लामो समयसम्म पार्टीका वरिष्ठ नेतालाई शत्रु ठानेका प्रधानमन्त्री केपि ओली आखिर आफ्नो पद बचाउन झुकेका छन् । तर उनले पार्टीलाई २०७५ जेठ २ को स्थितिमा लैजान चाहेका छैनन् । असन्तुष्ट पक्षले पार्टीलाई विधान अनुसार चलाउन गरेका आग्रह अध्यक्षको नाताले अस्विकार गरेका उनै ओलीले आफ्नो पद धरापमा परेपछि आफ्नै पार्टीका सांसदहरुलाई सँगै बसेर छलफलमा गर्न र समस्या समाधान गर्न आह्वान गरेका छन् ।

आन्तरिक मतभेद वा असन्तुष्टिलाई आपसी छलफलबाट समाधान गर्न सकिने ओलीको भनाइ छ । उनले हतारोमा कुनै पनि अनुचित निर्णय नगर्न पनि भनेका छन् । आज बिहान ट्वीट गर्दै ओलीले भनेका छन्, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु । आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं । संसदमा विश्वासको मत लिने प्रक्रिया सुरु हुनुभन्दा केही घण्टा अगाडि प्रधानमन्त्री ओलीको यस्तो भनाइ सार्वजनिक भएको हो । सोही समयमा बसेको माधव नेपाल पक्षका सांसदहरुको बैठकले भने प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ ।

एमालेको संसद बैठक दिउँसो १ बजे बोलाइएको छ । सो बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न एमालेले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । तर माधव पक्षले ओलीको एकाधिकार चिर्न मतदानमा सहभागी नहुने निर्णय गरिसकेको छ ।


सम्बन्धित समाचार