Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका युनुस अन्सारीसहित ६ जना जेल चलान भएका छन् । संगठित अपराध र खोटाचलन मुद्दमा जिल्ला अदालत काठमाडौंले उनीहरुलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।
उनीहरुलाई मंगलबारै केन्द्रीय कारागार चलान गरिएको काठमाडौं परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए । अन्सारीसहित पक्राउ परेका उनका साला सोहल खान, चालक सुजन रानाभाट तथा पाकिस्तानी नागरिकहरु नदिन अनवार, नसिन उद्दिन र नदिया अनवार जेल चलान भएका हुन् ।
गत जेठ १० गते युनुसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो। नक्कली भारतीय नोटसहित कतारको दोहाबाट काठमाडौं उत्रिएका ३ जना पाकिस्तानी नागरिकलाई रिसिभ गर्न पुगेको बेला युनुस पक्राउ परेका हुन् । युनुस आफ्ना अन्य २ जना सहयोगी खान, चालक रानाभाटसँगै नक्कली नोट लिएर आएका पाकिस्तानी नागरिकलाई रिसिभ गर्न विमानस्थल पुगेका थिए ।
प्रहरीले उनीहरुको साथबाट सात करोड ६७ लाख नक्कली भारु बरामद गरेको थियो । अन्सारी यसअघि पनि जाली नोट प्रकरणमा जेल सजाय कटाएर रिहा भएका थिए ।
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल