Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सरकारले नजर अन्दाज ग¥यो । किनकि गृहमन्त्री कमजोर पात्र थिए । उनले आफ्नो कार्यक्षमता असोज ११ र १२ को बाढी पहिारेमा देखाए । प्रधानमन्त्री विदेश थिए । काँग्रेसले यस्ता कुरा ख्याल गर्दैन । त्यही कारण गृहमन्त्रीको कमजोरी झन् देख्दैनन । कुलदुवीका श्रोत सुखेका छैनन् । ऊर्जामन्त्रीको हितका कुरा प्रधानमन्त्री जति बुझ्छन् जनताको सेवामा महत्व दिन हितकर ठान्दैनन् । किनकि यो सरकार दुई तिहाईको हो । यस्तो सरकार यसरी नांगै भएर देश लुट्न पल्केका बेला तीन कुने काण्ड भयो । पत्रकार मर्नु नागरिक मारिनु राज्यको सम्पत्ति ध्वस्त हुनु जडिबुटी प्रशोधन केन्द्र चल्नु ठूलो कुरा भएन । यहाँ देउवा र गृहमन्त्री लेखकका छोरा मरेनन् । सरकारको लापरबाही गृह प्रशासनको कल्पना बाहिरको दृश्य हो । प्रहरीले कर्तव्य पुरा गर्ने नाउमा शुरुमै दुर्गा प्रसाई नामको अराजकलाई पक्राउ गर्नुपथ्र्यो, सकेन । माथिको आदेश खोज्दा प्रहरीले पाएन । थाङ्ने स्वाभाका भद्र गृहमन्त्रीले समस्याको आँकलन गर्न सकेनन् । प्रहरी र सशस्त्रले दलीय दबदबा सहेको परिणाम तीनकुने घटना हो । राजावादीले अराजक प्रसाईलाई अगाडि सार्दा ज्ञानेन्द्रको आदेश मानेकै हुन् । बिहान लगानी गरेर बेलुका आम्दानी खोज्ने मारवाडी चरित्रका ज्ञानेन्द्रको फागुन ७ कै सन्देशबाट राहु र केतुको छायाँ परेको कुरा कति बुझे । उनी ज्योतिष शास्त्रमा विश्वास गर्ने नागरिक हुन् । नेपाल प्रहरीमा संगठनले रुचाएको सरकारले पत्याएको आईजीपी नियुक्ति भएको ११ औं दिनमा तीन कुने काण्ड भयो । सरकारले आयोजकहरूलाई अराजक नहुन र स्थिति बिथोलिन नदिन आग्रह गर्न सक्थ्यो । तर यो सरकार त्यसतर्फ लाग्न चाहेन । राष्ट्रियगान शुरु हुनासाथ अश्रग्याँस हानेको सामाजिक सञ्जालमा देखिन्छ । किनकि सरकारलाई दुई तिहाईको दम्ब थियो । दबाइन्छ भन्ने भयो । प्रहरीको तयारी अघिल्लो दिनमै इँटा संकलनमा थियो । सशस्त्र प्रहरी आफ्नै तहमा थियो । आक्रमणको तारो नेपाल प्रहरी भयो । इँटा बर्षाउने, अश्रुग्याँस हान्ने त्यही हो । अग्रमोर्चामा त्यो थियो जो अहिले आफ्नै पौरखले ओलोचित छ । त्यो आलोचनाको अर्थ छैन । किनकि सरकार दुई तिहाईको छ । प्रहरीमा विवादरहित नेतृत्व आएकै छ । शासकीय तहमा देखिने दम्ब र अहंकारले सबै कुराको निक्र्योल गर्छ । धेरै समयदेखि प्रहरीले गोला बारुद खरिद गरेको छैन । भण्डारमा जे छ त्यही प्रयोग गर्छ । प्रहरीका नाममा ठूला खर्च, हतियार र गोला बारुद हुन्छ । सरकारले खरिद गर्ने ग्रिन सिग्नल दिनासाथ बिचौलियाहरू चम्कन्छन् । विचौलिया दिपक भट्टको कान ठाडो हुन्छ । भट्ट माओवादी अध्यक्ष प्रचण्ड र नेता जनार्दन शर्मादेखि एमालेका अध्यक्ष र वरिष्ठ उपाध्यक्षसम्म जोडिएका पात्र भएकाले फौजीको सामग्री खरिदका बारेमा उनी अग्रसर हुनुमा नौलो मानिँदैन । तर अहिले प्रहरीलाई दोष दिएर ओली सरकारका नालायक र भ्रष्टहरू चोखिने दाउमा छन् । आन्दोलनका बारेमा सरकारले अनदेखा गर्दा जनताका छोराछोरी मारिन्छन् । अस्पतालमा उपचारात्मक अवस्थामा रहेकाहरूको हालत कामका लागि कतार र मलेसिया जाने तयारीका लागि चैते गर्मीमा पनि फुटपाथ रोज्नु पर्ने बाध्यता सिर्जना राज्यका गलत नीति र व्यवहारले ल्याएको कुरालाई अस्वीकार गर्न मिल्दैन । कथित दुई तिहाईको दम्बले टुकेको ओली सरकारले स्थापित गरेका बेथिति विरुद्धको जन आmत्रोशको परिणाम हो त्यो । स्थानीय प्रशासनले नजिकै एयरपोर्ट भएको ख्याल गरेन । जडिबुटी प्रशोधन केन्द्र जल्दा कोही गएन । भाटभटेनीको लुटपाटसँग प्रमको लगानी आउनु शुद्ध अराजकता हो भने दलका कार्यालयको तोडफोड, मिडियामा भवनहरूप्रतिको आक्रोश तिनले प्रस्तुत गर्ने भारतीय गुप्तचर रअका योजनाका नियोजित समाचार हुन् । विदेशी डलरमा चल्ने नेपालको मानव अधिकारको क्षेत्रलाई त्यो दिन सरकारको आदेश कुरेर बसेकी डलर नआएकै कारण सडकमा आइपर्ने हुल हुज्जत देख्न मन लागेन । त्यो दैवले जान्दछ । डलर पाउँदा प्रेसको नाममा कनकमणि पथले कुम्ल्याएकै छ । आफू सरकारी सम्पत्ति हजम गरेको छ । कनकमणिहरू हराए । एमालेको इन्सेक, एड्भोकेसी फोरम काँग्रेसका शान्ति समाज र मानवअधिकार संगठन बेपत्ता भए । सरकारी खर्चमा खडा भएको राष्ट्रिय मानव अधिकार आयोगसम्म चैत १५ मा देखिएनन् । सरकार त मुख्य दोषी नै हो । तर कारबाही सडकमा उत्रेको प्रहरीको मोर्चाका सहयात्रीहरूमाथि हुने चलन विगतको हो । किनकि सरकारका नायक काँग्रेस र एमाले हुन् । यिनले ०४९ यताका कालखण्डमा लुटेर शासन चलाउँदा देश कता लगियो त्यो देखियो । भ्रष्टाचार र बेथितिकै कारण यो चैत १५ को घटना हो । सरकार निर्लज्ज भएकाले छानविन समिति बनाउने छाँट छैन । जनताका छोराछोरीनै आन्दोलनमा मर्छन् । एमाले काँग्रेसले बनाएका प्रहरीलाई हतियार दियो, पठायो भएकै छ । लोकतन्त्र र गणतन्त्रको संस्थागत अभ्यास र प्रधानमन्त्रीको समृद्धि र विकास यही हो ।
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ७
ताजा नेपाल