Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेपाली सेना र प्रहरीमा सानालाई ऐन लाग्छ । त्यो ऐन काली बहादुर गणका भेजर दिपेन्द्र श्रेष्ठको सनकमा कार्यन्वयन भयो । सेनाले जतिसुकै फुर्ति लगाए पनि नेपाली सेना आफ्नै गणको हतियार राख्ने कोतको सुरक्षा गर्न सक्दैन भन्ने प्रमाणीत हुन्छ । गरिबका छोराहरु लब कुमार गुरुङ्ग, सरोज तामाङ्ग आफै धनीको टीममा थिए भने फौजमा भर्ति भएर भोज खान नदिएको रिशमा हतियार चोरीको आरोप लगाउने अपराधी मेजर दिपेन्द्र श्रेष्ठको दमन सहनु पर्ने थिएन । अनुसन्धानमा सेनाको कमजोरी कति भयो ?
जुन अनुसन्धान गर्न खटेको टोलीले बदमास मेजरको भोज खायो त्यस्तै रिर्पोट बनायो । नेपाली सेनाको औकात निर्दोष सैनिकहरुलाई २८ महिना जेल राखेर देखाइयो । धेरैले सेनाको यो धन्दाको स्याबासी दिएका छन् । जनयुद्दका नाममा सेनाले देखाएको पौरख कति थियो कति ?
सिस्नो पानी लगाउने करेण्ट लगाउने कुट्ने पिट्ने सेनाको बहादुरीले शारिरीक रुपमा कमजोर भएको ती गरिबका पूत्रहरुलाई अपराधी मेजरबाट के उपहार बक्सन्छ ! नेपाली जनताले तिरेको करबाट चलेको निरंकुशवादी सेनाको प्रमुख जो सुकै होस् । त्यसको चरित्र पूरानै छ र त्यो सेनाको सैनिक अदालतको न्यायधिसले सत्य तत्थ्य बुझदैन भने त्यो संस्थाप्रति कसरी विश्वास हुन्छ ।
२८ महिना जेल कोच्ने निर्णय गर्ने अपराध कर्ममा लागेको टीम प्रति त्यो अदालत बोल्नु पर्दैन ? गरिबका छोरा छोरी माथि परेड खेल्ने स्वास्नीको पेटीकोट धुन लगाउने आफ्नै परमाधिपतिको रक्षा गर्न नसक्ने नेपाली सेनाले सुुरक्षाको धक्कु अब नलगाए हुन्छ । यसले सीमा रक्षा गर्दैन आतंककारीको नाउमा जनताको जीवनमा खेलवाड गर्ने गरेको इतिहास साक्षी छ । त्यही कारण सेना भित्र पनि सेना कुर् देखिन्छ । त्यहाँ साधन श्रोत छ जनशक्ति पनि छ । तर अनुसन्धान गर्छ मेजरले भोज खान नपाएको झोकमा हतियार चोरीको आरोपमा अमल्दार र सिपाई माथि गरेको अत्याचारको यर्थाथता दिन नसक्ने ? त्यो सेनामा मात्र यस्ता अपराध कति छन् ? जहाँ गण प्रमुखको सनक चल्छ । त्यहाँ अपराध कति हुन्छन् ?
जहाँ गण प्रमुखको सनक चल्छ । त्यहाँ अत्याचार चम्कन्छ । छानबीन गण प्रमुखको अत्याचार को किन गरिदैन । जसरी ती दुई सैनिक माथि कुटपीट गराएर जर्बजस्त अपराध स्वीकार गर्न लगाइयो । त्यस्तै टर्चर गण प्रमुख श्रेष्ठलाई दिदा पनि पिडित सिपाईको पिडा कम हुदैन । प्रधान सेनापति जो सुकै आवोस त्यसले चलाएको सैनिक शासनमा सिपाइ र अमल्दारले कति पिडा कस्तो कष्ट सहनु पर्छ त्यो पर्दाफाँस हुनु राम्रो हो ।
तर सेना भित्र अपराध गण प्रमुखले गर्छ सजाँए अमल्दारले पाए जस्तै हो प्रहरी र शसस्त्रमा पनि । सेनाको नायक रक्षा मन्त्री हुन्छ प्रहरीको गृह मन्त्री । यस्ता अपराधमा मन्त्रीहरुले चासो राख्ने हो भने कार्यलय प्रमुखले मनपरी गर्न पाउदैनथे । लोकतन्त्रको आभास पनि सुरक्षा निकायमा आउन सक्थ्यो ।
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल