Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अफगानिस्तानबाट २० वर्षपछि फर्कियो अमेरिकी सेना, तालिवानीले गोली चलाएरमनाए खुशीयाली

काठमाडौँ । सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा अलकायदाले आक्रमण गरेपछि अफगानिस्तानमा उत्रिएको अमेरिकी फौज करिव २० वर्षपछि पूर्णरूपमा स्वदेश फर्किएको छ । अमेरिकी सेनाका सेन्ट्रल कमाण्डका प्रमुख जनरल मकेन्जीका अनुसार काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टिन विमान उडेको छ । योसँगै अफगानिस्तानमा अमेरिकाले जारी राखेको २० वर्षको सैन्य कारबाही औपचारिकरूपमा समाप्त भएको छ ।
२० वर्षको अमेरिकी सैन्य कारबाहीमा अलकायदाका प्रमुख ओसामा विन लादेन र तालिबानका तत्कालीन प्रमुख ओमार मारिएका छन् । दुई दशकमा २ हजार ४ सय जना अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएको जनाइएको छ । अमेरिकी सेना चढेको अन्तिम विमान काबिलबाट बाहिरिएसँगै, तालिबानहरूले आकाशमा रातो प्रकाश छरेर तथा गोली चलाएर खुशीयाली मनाएको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले अगष्ट ३१ भित्र अमेरिकाबाट फौज फिर्ता गर्ने प्रतिबद्धताअनुरूप नै सेना फिर्ता भएका हुन् । तालिबानले अगष्ट १५ मा काबुल कब्जामा लिएपछि अमेरिकी, अरू विदेशी र अफगान गरी लगभग १ लाख २० हजार जनालाई उद्धार गरिएको बाइडेनले जानकारी दिएका छन् । यसैबीच पेन्टागननमा पत्रकार सम्मेलन गर्दै जनरल मकेन्जीले सन् २००१ सेप्टेम्बर ११ को केहीपछि अफगानिस्तानमा सुरु भएको सैनिक कारबाही समाप्त भएको घोषणा गरेका छन् ।
अमेरिकी फौज फर्किएपछि तालिबानका एकजना प्रवक्ताले अफगानिस्तानले पूर्ण रूपमा स्वतन्त्रता हासिल गरेको बताएका छन् । – बीबीसीको सहयोगमा