Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तान प्रकरणको यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकको सुरुमै एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले अफगानिस्तानमा त्यत्रो घटना भइसक्दा पनि सार्कको अध्यक्ष राष्ट्रका हिसाबले नेपालले कुनै प्रतिक्रिया नजनाएको भन्दै रुलिङ माग गरेका थिए । लगत्तै सभामुख सापकोटाले सरकारलाई रुलिङ गरेका हुन् । हालै अफगानिस्तानमा विकसित घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीहरूका सम्बन्धमा प्रतिनिधिसभासहित मेरो गम्भीर ध्यानाकर्षण भएको छ सभामुख सापकोटाले भने, त्यहाँ रहेका नेपालीहरु सुरक्षित रुपमा रहने वातावरण बनाउन र यथाशीघ्र सकुशल ल्याउने व्यवस्था गर्न र सो सम्बन्धी यथार्थ विवरण सभाको आगामी बैठकमा जानकारी गराउन नेपाल सरकारलाई निर्देश गर्दछु ।
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल