Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अफगानी नेता नै संकटका कारक : बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानले वर्तमान संकट बेहोर्नुमा त्यहीँका नेताको हात रहेको बताएका छन्। बाइडेनले विशेष सम्बोधनमार्फत अफ्गानी नेताहरुले देश छोडेर भाग्दा अफगानिस्तानमा संकट आइपरेको बताए।

बाइडेनले अफगानी सेनालाई तालिम र आधुनिक हतियार दिइए पनि उनीहरुले तालिबानबिरुद्ध लड्ने कोशिस नै नगरेको बताए। राष्ट्रपति बाइडेनले अफगानी नेताहरु देश र जनताको भलाइका लागि अगाडि आउन नसकेको बताए। उनले अफगानी नागरिकको मद्दत भने अमेरिकाले जारी राख्ने विश्वास दिलाए।

उनले राष्ट्रपति असरफ घानीले विनालडेर देश छोडेकोमा आपत्ती जनाए। उनले घानीसँग ‘विनालड्दै देश छोडेर किन भागेकोरु’ भन्दै प्रश्न सोध्नुपर्ने बताए।

बाइडेनले सम्बोधनका क्रममा अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता बोलाउने निर्णय सही भएको बताए। ‘हाम्रा सैनिक लगातार लड्ने जोखिम उठाउन सक्दैन। म यो कुरालाई लिएर प्रष्ट छुँ कि हाम्रो विदेश नीति मानवअधिकारमा केन्द्रित छ। म मात्र होइन अरु कोही राष्ट्रपति आए पनि उसले अफगानिस्तानमा सेना राखिरहने निर्णय गर्ने थिएन।’, बाइडेनले भने।

‘केहीले अफगानिस्तानमा वर्तमान स‌ंकट आउनुमा हामीलाई दोष दिएका छन्। तर, कैयौं अमेरिकी परिवारले अफगानिस्तानमा आफ्ना पारिवारिक सदस्यलाई युद्धका दौरान गुमाएका छन्। हामी आफ्नो सेनालाई अब अरु जोखिममा राख्न सक्दैनौं। मैले जहिले सही फैसला गरेजस्तो लाग्छ।’, बाइडेनले भने।

बाइडेनले अफगानिस्तानमा उद्धारमा खटिएका आफ्ना सैनिकलाई तालिबानले केही हानी पुर्याए त्यसको नराम्रो नतिजा भोग्नुपर्ने चेतावनी पनि दिए। उनले भने, ‘हामीले तालिवानलाई स्पष्ट गरेका छौं कि, हाम्रा कुनै पनि कर्मचारी तथा सेनामाथि हमला हुन्छ भने अफगानिस्तानमा हाम्रो उपस्थिति अझ तीव्र हुनेछ जसको नराम्रो परिणाम तालिवानले भोग्नु पर्ने हुनसक्छ।’