Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अफवाह फैलाउने युवक ससुरालीबाट पक्राउ

सुर्खेत । सामाजिक सञ्जाल फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा लेकबेसी नगरपालिका(१ लेकफर्सास्थित आफ्नै ससुराली घरमा बस्दै आएका दैलेख नौमुले नगरपालिका(३ घर भएका २१ वर्षीय प्रेम बिकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिकले आफ्नो फेसबुक स्टाटसमा सुर्खेतमा १ जना कोरोना संक्रमित ब्यक्ति देखिएको भनि तथ्यहीन र भ्रामक प्रचार गरी अफवाह फैलाई जनमानसमा डर त्रास फैलाउने काम गरेको पाइएपश्चात ईलाका प्रहरी कार्यालय लेकबेसीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार