Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अबको पाँच वर्ष एउटै सभापति, एउटै प्रधानमन्त्री

काठमाडौंं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ को प्रतिनिधि सभा निर्वाचन दल र नेताले भन्दा देशले जित्ने चुनाव भएको बताएका छन् । जनसम्पर्क नाम दिइएको कार्यक्रमका लागि रूपन्देही क्षेत्र नम्बर १ को देवदह खैरेनीमा आएका लामिछानेले यस्तो बताएका हुन् । दल र नेताले धेरैपटक जिते । हरेक निर्वाचनमा दलले जित्दै आएका छन् । तर फागुन २१ मा हुने यो चुनाव देशले जित्ने चुनाव हो, लामिछानेले भने । रास्वपामा बालेन्द्र शाह बालेनको टिम समाहित भएको प्रसंग उल्लेख गर्दै उनले पार्टीमा पदको होइन, जिम्मेवारीको बाँडफाँट भएको लामिछानेले बताए । हामीले पद बाडेका छैनौं, जिम्मेवारी विभाजन गरिएको छ, उनले पुरानै भनाइ दोहोर्याए । अबको पाँच वर्ष एउटै सभापति, एउटै प्रधानमन्त्री र एउटै सरकार हुने उनले बताए । सभापति लामिछानेले आफूहरुले घोषणापत्र नभइ काममा विश्वास गर्ने तर्क गर्दै विगतमा अन्य दलले गर्न नसकेका कामहरु आफूहरुले पुरा गर्ने जिकिर गरे ।देवदहबाट सुरु भएको रुपन्देही जिल्ला स्तरीय अभियान साँझ लुम्बिनी पुगेर समापन हुने र लामिछाने कपिलवस्तु जिल्ला प्रवेश गर्ने रास्वपाले जनाएको छ ।रास्वपा रुपन्देहीका सभापति डा। बुद्धि प्रसाद शर्माले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा पुग्ने छन् । त्यसक्रममा बाटोमा पर्ने २६ स्थानमा सम्बोधन गर्न समयले नपुग्ने भएकाले केहीबेर रोकिएर सभापति लामिछानेले हात हल्लाएर बिदा हुने उनले बताए ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

रास्वपाको पक्षमा अभूतपूर्व मत

२०८२ फाल्गुन २२

ताजा नेपाल