Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अब कुन मुखले मत माग्ने महाशय ?

कस्तो मान्छे प्रगतिशिल हो, कस्तो होइन यो देशमा जनताको निम्ति काम गर्ने भनेको नेकपा एमालेलाई केपी ओलीले माफिया, तस्कर, विचौलिया र यौन लम्पटहरूको पार्टी बनाए अब जनताका बीचमा मत माग्न जाने ठाउँ छैन । महेश बस्नेतलाई शोभा पाठकले सातो लिइन् । सत्ताको आडमा ऐन महरले यौन शोषण गरेकी महिलाले न्याय पाइनन् । बालिका खड्कालाई शोषण गर्ने शेरधन राईको तुजुक अब उस्तै रहेन । एमालेको त्यो गतिले झस्किएका झलनाथको फुइँ र घनश्यामको दर्शन पत्याएर पछि लाग्नेको हालत सीपी मैनाली हुने पत्तो पाएपछि झलनाथ खनाल एकताको पक्षमा आएका हुन् । पार्टी त ऋषि कट्टेलको पनि छ । कम्युनिष्टको झण्डा राख्न पाइन्छ । नेकपा विभाजन गराउने काँग्रेसी न्यायाधीश कुमार रेग्मीलाई ओलीले दिएको बरदान बालुवाटार जग्गा प्रकरणको उन्मुक्ति हो । जनताले त्यो थाहा पाएको छ । ०५३ को सुकुम्बासी विष्णु पौडेल र प्रदीप ज्ञवालीहरू आज केपी ओलीको अपराधमा साक्षी बस्न सक्दैनन् । देशभक्त, प्रगतिशिल वापमन्थीहरूले विचारका कुरामा सिद्धान्तका विषयमा निष्ठा र त्यागसँग बचेर राजनीति गर्न सक्नुपर्छ । तर अहिलेको वापमन्थी राजनीति दलाली र पदलोलुपमा पुग्यो । त्यही कारण पार्टी एकता हुँदा जनार्दन शर्मा, राम कार्की र घनश्यामलाई पाच्य भएन । उनीहरूले माले बन्न रुचाए । सिपीको माले र ऋषि कट्टलको नेकपा बेला मौकाका वक्तव्यबाजी गर्ने टोली बन्यो । उनीहरूले त्यही बाटो रोजे । संसदीय अभ्यासको प्रतिस्पर्धा गर्न सक्ने ठाउँ नहुँदा अझै सीपी मैनाली त बेला बखत राजवादी, राप्रपा भन्दा बढी राजावादी बन्न पुगेकै छन् । अब राजतन्त्रको ठाउँ छैन, वापमन्थी खेलाउने राजतन्त्रले हो । माओवादीको सशस्त्र द्वन्द्वले राजाको जह्रो किलो फाल्यो । ओलीलाई रुचेन । त्यसैले गणतन्त्र, संघीयता, समावेशीता, धर्म निरपेक्षताको जग बसाल्यो । ओलीले यहाँ धावा बोलेकै हुन् । हिजो यिनै कम्युनिष्टका ठेकेदार सीपी र झलनाथ केपी र माधव त राजाको अघिपछि थिए । आन्दोलनमा एक दिन पनि सहभागी नभएका केपी ओली आफ्नो स्वार्थका लागि पार्टीमै डढेलो लगाएर खरानी ताप्ने चरित्रका पात्र हुन् । ओलीको प्रवृत्ति, चिन्तन, व्यवहार जान्दा जान्दै एमालेप्रति डराउनु पर्दैन । आफू पनि सिद्धिने, पार्टीलाई खरानी बनाउने कार्यकर्तालाई दास, जनतालाई नोकर बनाउने ओली जस्तो प्रगतिशिल तत्व र शक्ति जरुरी छैन । मसालका मोहनविक्रम पनि क्रान्तिकारी हुन् । पाएसम्म र मिलेसम्म उनले श्रीमतीका लागि ठाउँ तयार गर्ने हुन् । उनको पछि लाग्नेहरूको हालत बिजोग छ । दर्शन र सिद्धान्तले मान्छेलाई विचारमा बलियो त बनाउँछ तर जोगी बन्न राजनीति गरेको होइन भन्ने ओली पथमा वापमन्थी दर्शनको अर्थ छैन । नेपाली वामपन्थले जनतालाई जसरी धोका दियो उसको चरित्र र व्यवहारले राष्ट्रघात गरेकै छ । विचौलियापथ र माफियाकरण ओलीको शैली हो । पार्टी एकता नहोस् भन्ने उनको चाहनामाथि अहिले माधव, प्रचण्डको दरिलो झापड हो । झलनाथ खनाल एकताको पक्षमा देखिए राम्रै भयो । माधवको व्यवस्थापकीय चरित्र र प्रचण्डको संगठानिक स्वरूप बढाउने ढाँचामा काडो बन्ने घनश्याम, जनार्दनहरू पन्छिए । त्यो राम्रो हो । अब एकीकृत पार्टीको स्वरूप र ढाँचा आउला तर जम्बो केन्द्रीय समितिबाट पार्टीले निकास गर्न सक्दैन । एक आपसमा तिक्तता माओवादी र समाजवादीमा छैन भने त्यो राम्रो हो । माओवादी थिएन भने माधवका दश जना सांसद आउने थिएन । यो सत्यलाई स्वीकार्नुपर्छ । भ्रष्टहरूले देशभक्त एकजुट भएको अपराधीले सज्जन मिलेको रुचाउँदैन । हात्ति लम्किँदै गर्छ, कुकुर भुक्तदै गर्छ । यो एकताले वामपन्थी निष्ठा, त्याग र समर्पण बचाउनु आवश्यक छ ।
जनार्दन शर्मा र रामकार्कीले के खोजेका थिए र पाएनन् । जनार्दन धनार्जन बन्न पार्टीले दिएकै हो । राम कार्कीलाई सञ्चारमन्त्री बनेर शासकीय स्वरूप बुझे । चुनावमा पराजित भए तर गर्ने के ? एक पटक झापाबाट चुनाव जितेकै हुन् । आफ्नो स्थायी थातथलोमा संगठन बलियो नहुँदा पार्टीकै अध्यक्ष विरालोले न्याउरा सारेझै चुनाव क्षेत्र सार्न बाध्य भएका कथा पनि प्रचण्डकै छ । माओवादी जनताको पार्टी भएकै छैन । त्यहाँ जनयुद्धमा सँगै हिँडेकाले निरन्तर ठाउँ पाउँछन् । तीनको लागि योग्यता, चाहिँदैन । सम्झौताबाट आन्दोलन रोक्ने व्यवहार सर्वस्व जितेझैं गर्दा कैयौं निर्णयमा माओवादी फसेको छ ।
आजको पार्टी एकता राज्यको तत्कालिन अवस्थाको बाध्यता हो । पार्टी पार्टी जस्तो बनाउन सकिन्छ कि सकिँदैन । पदका लोभी र चरित्रका घुरानहरूलाई त्याग्न सक्नु नै वामपन्थी एकताको मुल धर्म बन्नुपर्छ । पदीय लाभ नै आजको वापमन्थी रोग हो । सानो नेतृत्व सशक्त संगठनले मात्र जनताको अपेक्षा पूरा गर्छ । प्रचण्ड र माधवले जुन समयमा एकताको निर्णय गरे त्यसले बाँकी रहेका खोज्नु पर्दैन । आफ्नै धरातल बचाए हुन्छ ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल