Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अमरेश : डा. शेखर र केपीका साझा खेताला

काठमाडौं । अरुको खेदो खन्ने, आफू दलाली गर्दा प्रधानमन्त्रीको सचिवालयसँग एउटा आइफोन माग्ने हैसियतको सांसद डा. अमरेशकुमार सिंहको स्वच्छताको भण्डाफोर भएको छ । भारतीय गुप्तचर संस्था अरको तलबदार अमरेशले महन्त ठाकुरसँगको सम्बन्धले जबहारलाल नेहरू विश्वविद्यालयमा पिएचडीको छात्रवृत्ति पाएका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि भारतीय संस्थापनको सहयात्रीका रूपमा सिंह खटाइएका थिए । १२ बुँदे सम्झौता आफ्नै पहलमा भएको दाबी गर्ने मधेशका यी फटाहालाई कुनै बेला गिरिजाले बालुवाटारमै झपारेका थिए । अहिले तिनैलाई डा. शेखर कोइरालाले शेरबहादुर विरुद्ध र केपी ओलीले प्रधानमन्त्री प्रचण्ड विरुद्ध परिचालन गरेका छन् । त्यो बापत डा. शेखर र केपीले उनका लागि कति खर्च छुट्याए छानविन कसले गर्ने ? काँग्रेस सर्लाहीका कार्यकर्ताले अमरेश विरुद्ध सम्पत्ति शुद्धिकरण विभाग र अख्तियारमा उजुरी दिएको ९ महिना बित्यो । २०८० वैशाख २० गते त्यो उजुरी दर्ता भएको हो । ०६३ सालसम्म मोटरसाइकलमा यात्रा गर्ने अमरेशको सर्लाहीकोे बलरामा भव्य मलह छ भने भैसेपाटीमा एकै कोलेनीमा २ वटा मलह र कीर्तिपुरमा जमिन छ । त्यो आम्दानीको श्रोत के हो ? सर्लाही वासीले खोज्न थालेका छन् । जनताले प्रश्न उठाएका बेला अमरेश सिंहले प्रधानमन्त्री विरुद्ध बोल्न डेनमार्कको डलर नेपाली सञ्चार क्षेत्रमा लोकतन्त्र र संघीयताप्रति आस्था जगाउन भन्दै भिœयाएर एक्लै हजम गर्ने कनकमणि दिक्षितसँग सहयोग माग्न पुगेका छन् । दिक्षित र सिंहको जोडी मिलेको छ ।
तिनै अमरेश सिंह हुन् काँग्रेसी भाउजु डा. आरजु र मञ्जुको खेदो खन्ने । उनले सरकार पक्षका ठूला नेता मधेशी हुन् वा पहाडी कसैलाई बाँकी राखेका छैनन् । भारतीय प्रोफेसर र एसडिमुनिको चिया पकाउने र जेएनयुमा पढ्ने अमरेशलाई राजनीतिमा लागेर देशका नेतालाई भ्रष्ट भन्ने र कम्युनिष्टका भ्रष्ट शिरोमणि केपी ओलीको सम्पर्कबाट प्रधानमन्त्रीको खेदो खन्ने शिक्षा दिने पनि त्यही विश्वविद्यालय हो । जहाँ अध्ययन गरेर आएका अधिकांश पिएचडीधारी नेपाली बुद्धिजीवीहरू भारतको दलाली गर्छन् । अरुलाई भ्रष्टाचारी र देशघाती देख्ने अमरेशको नजरले ०६३ सालसम्म मोटरसाइकल प्रयोग गर्दा र हाल स्करपियो गाडी, गृहबाट एक अंगरक्षक लिँदा आफ्ना कुकर्म देखेका छन् कि छैनन् ? घर खर्च चलाउन शुरुमा प्रमसँग २५ लाख मागेका सिंहले केही नलागेपछि आइफोन मागेको समाचार आएको छ । उनलाई चुनाव जिताउने प्रचण्ड नै हुन् । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड आर्थिक मामिलामा शुद्ध छन् कसैले भन्दैन । उनले छोरी, बुहारी, ज्वाइँसम्मलाई भैसेपाटीमा फरक फरक ठाउँमा बंगला बनाइदिएका कुरा पनि प्रचारमा आएकै छ । दश वर्षे जनयुद्ध र ०६२÷६३ को आन्दोलनले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र जनतालाई आएन तर माओवादीभित्र नेतालाई आयो । जनतालाई महंगी, भ्रष्टाचार र लुटतन्त्रले ऋणको बोझ बोकाएको छ । शान्ति प्रक्रियाको टुंगोमा नपु¥याउनु भनेको केपी र प्रचण्डको दाउपेच हो । कम्युनिष्टका नाममा यी लुटाहा बाहिर गाँड कोराकोर गर्छन् देश लुट्ने बेलामा भागशान्ति जयनेपाल गर्न पछि पर्दैनन् भन्ने कुराका प्रमाण अब जनताले पाइसकेका छन् । गठनबन्धन सरकारले मन्त्रिपरिषद् विस्तार गर्दा मन्त्रि पदको आश गरेका अमरेश भन्दा नागरिक उन्मुक्ति र जनमत पार्टी महत्वपूर्ण भए । मतकै कुरा गर्दा जनमत ६ सिट, नागरिक उन्मुक्ति ४ सिटका हुन् । क्षेत्रीय र भेगीय रूपमा पनि सिंह भन्दा रेशम चौधरी र डा. सिके राउत बलिया हुन् । भारतले पत्याउन छाड्नासाथ अमरेशको गुमनाम हुन्छ । जासुसी चरित्रका अमरेश केपी र डा. शेखरको स्वार्थको पेण्डुरा बनेका छन् । जसको संसदीय प्रतिस्पर्धामा
हैसियत घट्दो छ ।


सम्बन्धित समाचार